नेपाली मेला २०२१ को तयारी पुरा, तमु धिं यूके
मिचेट, ह्यम्पसायर । तमु धिं यूकेले आज मिचेट ह्याम्पसायर स्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर यही अगष्ट २९ तारिख आइतबार केम्पटोन पार्क रेस कोर्समा हुने १२औ नेपाली मेला २०२१ को सम्पूर्ण तयारी पुरा भएको कुरा जानकारी गराएको छ । १२औ नेपाली मेला २०२१ बारे जानकारी दिने उध्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा मेलाको प्रमुख संयोजक तमु धिं यूकेको बरिष्ठ उपाधक्ष्य हरि गुरुङको अनुसार पूर्ववत मेलाहरुमा झै यसपटक पनि बेलायत स्थित नेपाली संघसंस्थाहरुले बिभिन्न झाँकी, कला, संस्कृति र भेषभुषासहित भाग लिने कुरा जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनको शुरुवातमा संयोजक हरि गुरुङले उपस्ठित सम्पूर्ण पत्रकार र अन्य महानुभाबहरुलाई स्वागत गर्नुभयो । त्यस लगत्तै उहाँले नेपाली मेला २०२१ को बिस्तृत जानकारी गर्नुभयो । बरिष्ठ उपाधक्ष्य गुरुङको अनुसार बिगतमा झै यस पटक पनि समस्टिगत- झाँकी, कला, संस्कृति, नृत्य र भेषभुषामा प्रथम हुने टिम वा संस्थालाई एम्बेसेडर कप प्रदान गरिने कुरा जानकारी गराउनुभयो । एम्बेसेडर कपमा प्रथम, दितिय र त्रितिय हुनेलाई क्रमश: नगद £११००, £७०० र £५०० मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै मेलामा न्रित्यमा प्रथम र दित्तिय हुनेलाई क्रमश: नगद £५०० र £३०० मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ । मेलाको प्रमुख आकर्षण रहेको झाँकी प्रदर्शनमा प्रथम हुने टिम वा संस्थालाई £५०० र £३०० नगद पुरुस्कार प्रदान गरिने कुरा जानकारी गराउनुभयो । संयोजक गुरुङको अनुसार हालसम्मा झाँकीको लागि बिस वटा संस्थाहरुले सहभागी हुने पक्का गराएको कुरा पनि अबगत गराउनु भयो । गुरुङ अनुसार बिगतका मेलामा झाँकी र नृत्यको एउटै जज (निर्णयक) नभएर नृत्य र झाँकीको छुट्टाछुट्टै जज (निर्णयक) हुने कुरा जानकारी गराउनुभयो ।
कार्यक्रममा तमु धि यूकेको आमा समुहको महासचिब श्रीमती यसोधा गुरुङले पहिलाको मेलाहरुमा जस्तै मेलाको अतिथि सत्कार, प्रबेशद्वारमा टिकट तथा खानाको ब्यवस्था आमा समुहले प्रबन्ध मिलाउने कुरा जानकारी गराउनुभयो ।
कार्यक्रममा तमु धिं यूकेको भुपु अधक्ष्य ज्ञाम गुरुङले उपस्थित प्राय पत्रकारहरुलाई नेपाली मेलाबारे जानकार रहेको र बिगतका नेपाली मेलामा सहभागी भएकोले पत्रकारबर्गसँग नेपाली मेलालाई कसरी राम्रो र सफल बनाउन सकिन्छ भनि सल्लाह सुझाब माग्नुभएको थियो र त्यसै अनुरुप प्रचार प्रसार गरिदिनुहुन अनुरोध गर्नुभएको थियो । त्यस्तै तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले उपस्थित पत्रकार र अन्य महानुभाबहरुलाई धन्यवाद दिनुहुँदै जसरी गोरखा कपलाई सफल बनाउन सहयोग गर्नुभयो त्यसरी नै नेपाली मेला २०२१ लाई सफल बनाउन मध्दत गर्न संचार जगत अनि यूकेबासी नेपालीलाई अनुरोध गर्नुभयो । साथै उहाँले मेलाको लागि ब्यक्तिगत ३०० पाउण्ड नगद सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा तमु धिं यूकेको सल्लाहकार क्याप्टेन चित्र बहादुर गुरुङले पनि ब्यक्तिगत ३०० पाउण्ड नगद सहयोग गर्ने कुरा घोषणा गर्नुभयो ।
कोभिड १९ पूर्ण रुपमा समाप्त वा निर्मुल नभएको र कोभिड नियमहरु जारी रहेकोले बिदेशबाट औपचारिक अथितीहरु निमन्त्रणा नगरेको कुरा पनि जनाउनुभयो । कोभिडको अवस्था र सरकारी नियमको पर्खिनुपर्ने भएकोले मेला आयोजना गर्ने कुरा पक्का गर्न ढिलो भएकोले यसपटक लण्डन मेयरको शुभकामनाको नआउने कुरा जानकारी गराउनुभयो । नियमित झै यसपटकको मेलाको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत लोकदर्शन रेग्मी हुनेछ र अन्य स्थानीय निकायका प्रमुखहरु पनि उपस्थिती हुनेछन ।
मेलामा यस पटक आठ देखि दश हजार मनिसहरु उपस्थित हुने अपेक्षा गरेको छ । युवा युवातीहरुको लागि कन्सर्ट तथा नाँच हुनेभएकोले युवायुवतीको बिशेष उपस्थित हुने आशा गरेको छ । त्यस्तै खाना, ब्यपार अनि संस्थागत स्टलहरु हुने नै छन ।
१२ औ नेपाली मेला २०२१ आगामी अगष्ट २९ तारिख पहिलाकै स्थान लण्डन केम्पटोन पार्क होर्स कोर्समा हुनेछन । मेलाको लागि प्रबेश शुल्क ५ पाउण्ड र कारमा आउनेहरुले यसै ५ पाउण्डमा निशुल्क कार पार्किङ गर्न पाउनेछन ।