तमु धि युकेद्वारा राजदुत लोकदर्शन रेग्मीलाई भब्य स्वागत (फोटो फिचर)

मिचेट, ह्याम्पसायर । यही अगष्ट महिनाको २९ तारिख हुने १२औ नेपाली मेला २०२१ को बारे विस्तृत जानकारी गराउन र १९औ गोरखा कप २०२१ समापन समारोहमा तमु धिं यूकेले बेलायतको लागि नेपाली राजदुत महामहिम लोकदर्शन रेग्मीलाई औपचारिक रुपमा भब्य स्वागत गरेको छ । १२औ नेपाली मेला २०२१ बारे गत अगष्ट ९ तारिख तमु धिं यूकेको पदाधिकारीहरु लण्डन स्थित राजदुताबासमा गएर जानकारी गराए त पनि आज संस्थाको तर्फबाट राजदुत रेग्मीलाई औपचारिक स्वागत तथा बिस्त्रित जानकारी गराइएको हो ।

तमु धिं यूकेको महासचिब पर्शु गुरुङले सन्चालन गरेको कार्यक्रमको शुरुवातमा तमु धिं यूकेको बरिष्ठ उपाधक्ष्य तथा नेपाली मेला २०२१को संयोजक हरी गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो । त्यस लगत्तै १९औ गोरखा कप २०२१ भब्य रुपमा सफल बनाउन बिशेष सहयोग गर्नुहुने तमु धिं लण्डन इकाई र अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत गुरुङ, पुर्व अध्यक्ष चन्द्र वहादुर गुरुङ र सल्लाहकार ललितमान गुरुङलाई फेटा तथा खाता लगाएर धन्यवाद अनि सम्मान गरियो । साथै तमु धिं यूकेको आामा समुहलाई पनि धन्यबाद, बधाई तथा सम्मान गरियो । कार्यक्रममा गोरखा कप २०२१ भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने संयोजक क्या देव घले, मुख्य प्रबेश द्वारामा सहयोग गर्नुहुने तमु धिं दक्षिण पुर्व लण्डन इकाई र इकाई अध्यक्ष ह्यारी गुरुङलाई पनि धन्यवाद र बधाई साथ खाता अनि फेटा लगाइ सम्मान गरियो । त्यस्तै १९औ गोरखा कप २०२१ लाई सफल बनाउन सहयोग गर्नुहुने अन्य महानुभावहरुलाई सम्मान र बधाई गरियो । कार्यक्रमको पहिलो सत्रको अन्तिममा गोरखाकप बारे समिक्षा तथा सल्लाहकारहरुबाट बिभिन्न साल्लाह सुझाब सुनियो र लिइयो ।

कार्यक्रमको दोस्रो चरणमा बरिष्ठ उपाधक्ष्य तथा नेपाली मेला २०२१ को संयोजक हरी गुरुङले मेलाको तयारीबारे विस्तृत जानकारी गराउनुभयो । सोही अबसरमा तमु धिं युकेको आमा समुहको तर्फबाट अध्यक्ष हितकाजी गुरुङलाई खाता अनि भाङग्रा, त्यस्तै उहाँको धर्मपत्नी; पहिलो महिला सिता गुरुङलाई सौल ओढाएर बधाई अनि शुभकामना दिएको थियो । कार्यक्रममा अधक्ष्य हितकाजी गुरुङले गोरखा कप २०२१ भब्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने कार्यसमिति, एकाइहरु, भुपु पदाधिकारीहरु र प्रतक्ष्य परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो र सोही अबसरमा आउँदै गरेको नेपाली मेलालाई पनि सहयोग गर्न अनुरोध गर्नुभयो । साथै बेलायतबासी सम्पूर्ण नेपालीलाई मेलामा निमन्त्रणा गर्नुभयो ।

कार्यक्रमको तेस्रो चरणमा तमु धिं यूकेले बेलायतको लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई भब्य स्वागत गर्नुभयो । तमु धिं यूकेको तर्फबाट राजदुत रेग्मीलाई भाडग्रा र फेटा लगाइ पुष्प गुच्छा चढाई पाइपरको धुनबाट स्वागत गरिएको थियो । कार्यक्रममा बोल्नुहुँदै राजदुत रेग्मीले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र सम्बर्ध्दन गर्न अनुरोध गर्नुभयो । साथै राजदुत रेग्मीले व्यापर प्रबर्ध्दनमा निम्ती जोड दिनुपर्ने र बिशेष गरेर नेपालमा महिलाहरुको विकासमा जोड दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा अधक्ष्य हितकाजी गुरुङले राजदुतज्युको सल्लाह अनि सुझाबलाई शिरोपर गर्दै नेपाली राजदुताबाससँग सहकार्य र कार्यन्वयन गर्ने प्रतिबध्दता गर्नुभयो ।

कार्यक्रममा सयपत्री कल्चर सेन्टर यूकेले न्रित्य प्रस्तुत गरेको थियो र गोरखा कपमा नाच प्रस्तुत गर्नुभएकोमा सयपत्री कल्चरल सेन्टरका सम्पुर्ण कलाकारहरु तथा सयपत्री ग्रुपलाई राजदुतको बाहुलीवाट खाता लगाइ धन्यवाद तथा सम्मान गरियो ।

कार्यक्रममा तमु धिं यूकेको एकाइका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो ।

स्मरण रहोस- १२औ नेपाली मेला २०२१ यही महिनाको अन्तिम सप्ताहन्त २९ तारिख आइतबार केम्पटोन पार्कमा हुँदैछ । नेपाली मेला २०२१ विस्तृत जानकारी गराउन तमु धिं यूकेले अर्को साता अगष्ट २२ तारिख आईतवार पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

फोटो सौजन्य- एस के गुरुङ, मिडिया सेक्रेटरी तमु धिं यूके