यौन हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरको राजीनामा
एजेन्सी । अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजिनामा दिएका छन् । विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो। सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुन । प्रतिबेदनबारे थाहा पाउने बित्तिक्कै सभामुख न्यान्सी पेलोसी, सिनेट नेता चक शूमर र न्यु योर्कका दुई अमेरिकी सीनेटर लगायत अन्य धेरै प्रमुख डेमोक्रेट्सहरुले कुमोको आलोचना अनि बिरोध गरेका थिए । यदि उनले राजीनामा नदिएमा उनी बिरुध्द महाअभियोग लगाउने तयारी गरेको थियो ।
न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गरेको गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको ५ महिने लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । जबर्जस्त चुम्बन गरेको र गोप्य अंगहरुमा इच्छाबिपरित हात लगाएका विभिन्न आरोपहरुको छानबिनले पुष्टि गरेको थियोे ।
राजीनामा दिदै कुमोले आफुले गर्ने सबैभन्दा उत्तम छनौट राजीनामा भएको बताएको बिबिसीले उल्लेख गरेको छ । आजै राजीनामा दिएनी यसको औपचारिक प्रक्रिया पुरा हुन दुई हप्ता लाग्ने अलजजिराले उल्लेख गरेको छ ।
यस किसिमको काण्ड खेपे बापत राजीनामा गर्नेमा वा गर्नुपरेको कुमो न्यूयोर्कको तेस्रो गभर्नर हुन् । उनको राजीनामापछि लेफ्टिनेन्ट क्याथी होचुल न्यूयोर्क राज्यको नेतृत्व गर्ने पहिलो महिला गभर्नर बन्नेछिन् ।