गैर आवसीय नेपाली संघ यूकेको नबनिर्बाचित कार्यसमितिले लिए सपथ

शेर सुनार प्रमुख संरक्षकमा मनोनित

अल्डरसट ह्याम्पसायर । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले प्रमुख अतिथिमा हिजो अगष्ट ८ तारिख २०२१ साल अल्डरसट स्थित एम्पायर हलमा आयोजित कार्यक्रममा गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१–२३ को लागि नवनिर्वाचित कार्यसमितिले शपथ लिएका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शपथ खुवाउनु भएको थियो ।

गत अगष्ट २ र ३ तारिख अनलाइन भोटिङ मार्फत प्रेम गाहा मगर भारी मतले अधक्ष्यमा बिजय हुनुभएको थियो । सोही कार्यक्रममा निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

प्रमुख अथिती राजदुत रेग्मीले नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै बेलायतबासी नेपालीहरुको हकहितको लागि नेपाली राजदुबास एनआरएनए यूकेसँग सदैब सहकार्य गर्न तत्पर रहेको कुरा बताउनुभयो । कार्यक्रममा नब निर्बाचित अधक्ष्य प्रेम गाहा मगरले नयाँ नेतृत्व चयन गर्न सहभागि सबै मतदाताहरुलाई धन्यवाद दिनुहुँदै चुनावअघि सार्वजनिक गरेका प्रतिवद्धताहरुलाई प्राथमिकता साथ कार्यन्वयन गर्ने कुरा पुन दोहोर्याउनु भयो । अध्यक्ष गाहामगरले एनआरएनए यूकेमा बेलायतवासी नेपालीले खोजेको परिवर्तनको चाहनालाई सार्थक पार्ने अठोट व्यक्त गर्नुभयो । सवै पक्षलाई समेटेर अघि बढ्ने भन्दै उनले एनआरएनएलाई संस्थागत विकास गर्न सहयोग गर्न समेत आग्रह गरे ।

त्यस्तै कार्यक्रममा एनआरएनए यूकेकी निवर्तमान समितिकी अध्यक्ष पुनम गुरुङले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्ण साथ र सहयोगको प्रतिवद्धता व्यक्त गरिन् । आफ्नो दुई वर्षे कार्यकाललाई सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरु, बेलायतस्थित सम्पूर्ण संघसंस्था र समुदायप्रति उनले आभार प्रकट गरिन् ।

एनआरएनएका केन्द्रीय पूर्व उपाध्यक्ष एवं आईसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका निवर्तमान अध्यक्ष पूनम गुरुङ लगायतले बधाईसहित शुभकामना दिएका थिए । एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेद्वार रोजिना प्रधान राईले शुभकामना व्यक्त गरेकी थिइन् । किरात राई यायोक्खाकी अध्यक्ष कल्पना राई, जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई, एनआरएनए यूके पूर्व महासचिवद्वय डा कृष्ण उपाध्याय र आरके त्रिपाठी, नवनिर्वाचित आइसीसी सदस्य राजेन्द्र पुडासैनी लगायतले नयाँ कार्यसमितिको कार्य सफलताको कामना गरेका थिए ।

सोही अवसरमा संस्थाका पूर्व उपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षक मनोनयन गरिएको थियो । एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवम् अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका सुनार यसपटक गाहामगरको चुनावी अभियानका प्रमुख संयोजक पनि थिए ।

कार्यक्रमको पहिलो चरण निवर्तमान महासचिव फडिन्द्र भट्टराईले संचालन गरेका थिए भने शपथग्रहणको सत्र निर्वाचन समितिका सदस्यसचिव कर्ण शाहीले संचालन गरेका थिए । त्यस्तै कार्यक्रम दोस्रो सत्र नवनिर्वाचित कार्यसमितिका महासचिव खुशी लिम्बूले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित कार्यसमिति सहित उपस्थित सबैलाई गुल्मेली पञ्चेवाजासहिच पञ्चकन्याले स्वागत गरेका थिए । भने कार्यक्रम स्थलमा बधाई दिनेहरुको घुइँचो नै लागेको थियो । ३ अगष्ट मंगलबार सम्पन्न भएको निर्वाचनको परिणाम शनिबार बिहान घोषणा गरिएको थियो । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

फोटो सौजन्य- मिलन तमु तथा लण्डन नेपाल न्युज