एनआरएनए यूकेको अधक्ष्यमा प्रेम गाहा मगर बिजयी
लण्डन । एनआरएनए यूकेको आगामी २०२१-२३ कार्यसमितिको लागि पहिलो चोटी अनलाइन मार्फत गरिएको मतदान (भोटिङ)मा प्रेम गाहा मगर बिजयी हुनुभएको छ । अगष्ट २ र ३ तारिखमा अनलाइन मार्फत सम्पन्न भोटिङमा प्रेम गाहा मगरले ४ हजार ५७४ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी दीपक श्रेष्ठले २ हजार १९१ मत प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेदवार रोजिना प्रधान राईले २ हजार १४८ मत प्राप्त गरिन् ।
त्यस्तै एनसीसी यूकेको उपाध्यक्षहरुमा सुनिलबाबु खड्का र गोविन्द खरेल बिजयी हुनुभयो भने महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ विजयी भइन् । त्यस्तै नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल विजयी हुनुभयो भने एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्की विजयी हुनुभयो ।
एनआरएनए यूके महासचिवमा खुशी लिम्बू बिजय हुनुभयो भने २ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी हुनुभयो । त्यस्तै कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हासिल गर्नुभयो । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।
त्यस्तै कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।
यसैगरी इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्तबहादुर दर्जी, सचिवमा रामप्रसाद पन्थी र काेषाध्यक्षमा सचिन भट्टराई निर्वाचित भएका छन् ।
स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी, उपाध्यक्ष उज्वल कार्की, सचिव मनिष खत्री, सहसचिव यशोदा सुमी ओझा भण्डारी, कोषाध्यक्ष शर्मिला भण्डारी र सहकोषाध्यक्षमा प्रजापति शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा बलिभद्र अम्माई, कमला श्रेष्ठ, टीकाराम खराल र कृष्णप्रसाद देवकोटा निर्वाचित भएका छन् ।
वेल्स राज्यसमितिमा अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्षमा अमृत घले, सचिवमा दीपकप्रकाश सुब्बा इङदेन, सहसचिवमा सन्जीव मैनाली र सदस्यहरुमा अमरध्वज मल्ल, बलराम अधिकारी, भोजनारायण रेग्मी र विकास रानाभाट निर्विरोध भएका छन् ।
नर्देन आयरल्याण्ड राज्यसमितिमा अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष छमबहादुर रेग्मी, सचिव विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्षमा दिलिपकुमार आचार्य निर्विरोध भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, काेशलेश्वर ढकाल र दिनेश घिमिरे सर्वसम्मत भइसकेका छन् ।
शुरुमा जुलाई ३१ तारिख शनिबारलाई तय गरेको अनलाइन भोटिङ प्राबिधिक कारणले गर्दा अगष्ट २ देखी ३ सम्मलाई सारेको थियो । अगष्ट २ तारिख दिउसो मध्य १२ बजेबाट शुरु भएर अगष्ट ३ तारिख मध्य १२ मतदान सम्पन्न भएको थियो । निर्वाचन समितिले हिजो अगष्ट ५ तारिख नै नतिजा प्रकाशन गर्ने भनिए ता पनि बिभिन्न समस्याको कारण शनिबार बिहान मात्र नतिजा प्रकाशन गरिएको हो । अगष्ट २ र ३ तारिखमा सम्पन्न निर्वाचनमा ११ हजार भन्दा बढी मतदाता रहेका थिए । एनआरएनए युकेमा यसपटक पहिलोपटक अनलाइन मतदान भएको थियो ।
नब निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई खबर यूके टिम हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।