सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र शीर्ष नेताहरुलाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले आफ्नो प्रतिवेदन देउवा र शीर्ष नेतालाई बुझाएको हो ।

कार्यदलले मन्त्रीहरुले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता ल्याएको छ । आचारसंहितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा आर्थिक, सामाजिक रूपान्तरणको मूल अभिभारा पूरा गर्न अग्रसर हुनुपर्ने उल्लेख छ।

यसैगरी, मन्त्रीपरिषदको गोपनीयता कायम गर्दै अनुशासन र शिष्टाचारको पूर्णरूपमा पालना गर्नुपर्ने, पदमा बहाली हुँदा र पदमुक्त हुँदा कानुनबमोजिम आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने,संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमप्रति पूर्ण प्रतिवद्ध हुँदै कार्यान्वयनका लागि निष्पक्ष र सक्रियतापूर्वक काम गर्नुपर्ने छ कुरा आचारसंहितामा उल्लेख छ।

यस्तै कार्यदलको प्रतिवेदनमा कोरोना भाइरसको महामारी,बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा जोड, संविधान संशोधन, उच्च आर्थिक विकासमा जोड, लाल आयोगको प्रतिवेदनलगायतका विषयलाई प्रमुखतामा राखिएको छ।

यस्तो छ कार्यदलको प्रतिवेदन