हङकङ निवासी LG (लाली गुँराँस) ग्रुपको संस्थापकहरु खुशी

सन्दर्भ गत जुलाई २४ तारिख शनिबार सम्पन्न गोरखा कप २०२१ को मेन (युथ) तर्फको फुटबल बिजेता क्लब LG (लाली गुँराँस)Lions को हो । LG (लाली गुँराँस) ग्रुप (समुह) सर्बप्रथम हङकङमा सन २००२ मा स्थापना भएको हो । यसै ग्रुपसँग सम्बन्धन रहेर वा भात्री संगठनको रुपमा- जापन, अष्ट्रेलिय, कोरिया, यूके र दुबइमा आफ्नो भात्री क्लबहरु स्थापना गरिसकेका छन । LG ग्रुपले बिशेषत: खेलकुद र मनोरन्जन सम्बन्धि बिभिन्न परोपकारी कार्यहरु गर्दै आइरहेका छन ।

यूकेमा LG (लाली गुँराँस) ग्रुप स्थापना भएको धेरै भएको छैन तर स्थापना भएको थोरै समयमा पनि थुप्रै कामहरु गरिरहेका छन र गर्ने योजना रहेका छन । बिशेष गरेर यसपालिको गोरखा कप २०२१ जित्दा क्लबको नाम चुलिएको छ । यूकेमा क्लबको उन्नत्ती हुँदै गर्दा हङकङ निवासी LG (लाली गुँराँस) ग्रुपको संस्थापकहरु- चेतन गुरुङ, बिशाल गुरुङ र हिमाल राणा आफुहरुलाई निक्कै खुशी लागिरहेको कुरा खबर यूकेलाई अबगत गराउनुभएको छ ।

LG (लाली गुँराँस) ग्रुपको संस्थापकहरु मध्ये एक चेतन गुरुङले खबर यूकेको सदस्य ईन्द्र घोथानेलाई संपर्क गर्नुभइ यूकेमा LG ग्रुपले राम्रो गरेको देख्दा आफुहरु निक्कै हर्षित अनि गौरब लागिरहेको कुरा जानकारी गराउनुभयो । संस्थापक चेतन गुरुङको अनुसार LG ग्रुप यूकेले गोरखा कपमा यसपाली पहिलो पटक भाग लिएको थियो । पहिलो पटक भाग लिएको र पहिलो चोटी नै प्रथम (बिजयी) हुन सफल भएकोमा संस्थापकहरु अत्यन्तै खुशी र गर्ब लागेको अनुभुती सुनाउनुभयो । साथै LG ग्रुप यूकेलाई बधाई अनि सफल भबिष्यको निम्ती शुभकामना दिनुभयो । गुरुङले LG ग्रुप यूकेको सफलताको लागि आफुहरुले सक्दो सहयोग गरिरहेको र गर्ने प्रतिबध्दता पनि जाहेर गर्नुभएको छ ।

गोरखा कप २०२१ को बिजेता LG Lions टिम

LG ग्रुप हङकोङले हङकङमा हरेक बर्ष चाइनिज नयाँ बर्षको अबसर पारेर नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी बिभिन्न मनोरन्जनात्मक परोपकारी कार्यक्रमहरु गर्छन् । साथै ग्रुपले नेपाल र इन्डियाका रियालिटी शोहरुमा उत्कृष्ट प्रस्तुती गर्ने कलाकारहरुलाई हौसला स्वरुप हङकङमा आमन्त्रण गरेर बिभिन्न शोहरु (कार्यक्रमहरु) गर्छन् । LG ग्रुप हङकङले पुराना र नयाँं दुबै कलाकारहरु ल्याएर कार्यक्रम गर्ने गर्छन् । केही बर्ष पहिल्यै हङकङमा LG ग्रुपले नेपालको चर्चित हाँस्य कलाकार द्वय- मदन कृष्ण श्रेष्ठ र हरीबंश आचार्यको साथमा कार्यक्रम गरेको थियो ।

स्मरण रहोस्- संस्थापक चेतन गुरुङ आँफै पनि ताइकोण्डोको ब्ल्याकबेल्ट डन ४ हुन र हङकङमा ताइकोण्डो क्लब सन्चालन गरिरहेको छ ।