तमु समाज यूकेले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गर्यो
नारायण सिंह गुरुङ ।
लण्डन । तमु समाज युकेले हिजो १ अगस्ट २०२१ आइतबारको दिन विम्बली स्थित आफ्नै सामुदायिक भवनमा एक भव्य समारोहको बीच सल्लाहकारहरु सहितको पाँचौं कार्यसमितिको सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा विदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरु सहितको छैटौं कार्य समितिका सम्पूर्ण सदस्यहरुलाई शुभकामना सहित स्वागत गरेको छ । उक्त अवसरमा नै कानुनी सल्लाहकार अधिवक्ता श्री राजु थापा र इन्जिनियरिङ सल्लाहकार श्री काशीराज बोहोराज्युलाई पनि खादा, प्रमाण पत्र र मायाको चिनो स्वरूप समाजको लोगों अंकित मग प्रदान गरेर सम्मान गरिएको थियो ।
सम्मान कै क्रममा तमु समाज युकेको मूल समितिको मातहतमा रहेर समाजलाई योगदान दिएका विभिन्न उपसमितिहरू जस्तै आमा समुह, भवन खरिद समिति, युथ कमिटी आदि आदिका सदस्यहरु सबैलाई प्रमाण पत्र, मायाको चिनो र खादाले संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, वर्तमान अध्यक्ष श्री शिव कुमार गुरुङ, आमा समुहको बर्तमान अध्यक्ष श्रीमति उमादेबी गुरुङको र आमा समुहकी पूर्व अध्यक्ष श्रीमती माया गुरुङको बाहुलीबाट सम्मान गरेका थिए ।
सम्मान तथा विदाई कार्यक्रम गर्नु पूर्व छोटोमा औपचारिक कार्यक्रम गरेका थिए। वर्तमान अध्यक्ष श्री शिव कुमार गुरुङको अध्यक्षतामा सञ्चलालित उक्त औपचारिक कार्यक्रमलाई महासचिव श्री धरम बल गुरुङले सञ्चालन गरेको थियो भने, उपाध्यक्ष श्री हर्क बहादुर गुरुङले छोटोमा स्वागत मन्तब्य राखेका थिए । त्यस्तै गरी संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङले समाजको शुरुको दिनको सङ्घर्षमय दिनहरूलाई सम्झदै उक्त कठिनाइहरूलाई पार गर्दै आज यो समाजलाई यो उचाई र यो अवस्था सम्म ल्याई पुर्याउनु हुने सबैलाई धन्यबाद दिदै र आउने दिनहरुमा नयाँ कार्य समितिले नयाँ उचाइ दिनेछ भन्ने शुभकामना दिँदै आफ्नो सार गर्भित मन्तब्य राख्नु भएको थियो। र त्यस्तै गरी महासचिव श्री धरम बल गुरुङले गएको बैठकको माइन्युटिङ पढेर सुनाउनु भएको थियो र साथै आउने दिनको कार्यक्रमहरू (Forecast of events) पनि सुनाउनु भएको थियो। र यस चरणको अन्तमा अध्यक्ष श्री शिव कुमार गुरुङज्यूले हाल सालै नेपाल स्थित लमजुङ जिल्लाको दोर्दी खोलामा गत आषाढ १ गते राति भीषण वर्षा भई हाम्रो आफ्नै समाजको सल्लाहकार श्री टेक बहादुर गुरुङको नातेदारको घर बगाई घरबार बिहिन बनाएकोमा वहाँकै अनुरोधमा अर्थ संकलन अभियान चलाएर रु. तीन लाख पचास हजार रुपैयाँ सहयोग गर्न सफल रहेकोमा त्यस सहयोगको प्रशंसा गर्दै सबैलाई धन्यबाद दिनुभयो ।
मन्तब्य राख्ने क्रममा पाँचौं कार्य समितिको निवर्तमान अध्यक्ष श्री शिवचन्द्र गुरुङले आमा समुह, हाउजिङ कमिटी, युवा कमिटी, सल्लाहकारहरु, कमिटीका पदाधिकारी साथीहरु सबैको अथक परिश्रम र इमान्दारिताले गर्दा नै यो कार्य समिति सफल भएको भन्दै सबैलाई धन्यबाद दिनु भएको थियो । धन्यवाद मन्तब्य राख्ने क्रममा बर्तमान अध्यक्ष श्री शिबकुमार गुररङले पाँचौं कार्यसमितिका तथा निर्वतमान अध्यक्ष श्री शिबचन्द्र गुरुङ, उपाध्यक्ष श्री कन्य प्रसाद गुरुङ लगाएत सम्पुर्ण पदाधिकारिहरुले आफ्नो कार्यकालमा गर्नुपर्ने बिभिन्न महत्वपुर्ण कार्यहरु जस्तो सुकै परिस्थितिलाई पनि सहज र सरलरुपमा गहन जिम्मेवारीका साथ आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधई तथा धन्यवाद ब्यक्त गरेका थियो। यसैगरि छैठौं कार्यसमितिका नव निर्वाचित सम्पुर्ण पदाधिकारिज्युहरु, ट्रष्टिजज्युहरु र छैठौं कार्यसमितिबाट मनोनित हुनुभएका सल्लाहकारज्युहरुलाई बधाई सहित हार्दिक स्वागत गर्दै छैठौं कार्यसमितिले पुर्णता पाएको पनि घोषण गरेको थियो। बर्तमान अध्यक्ष शिबकुमार गुरुङको नेतृत्वको छैठौं कार्यसमितिले बर्तमानका बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ उत्साह र भिजनका साथ यस गरिमामय संस्थालई अझ माथिल्लो उचाईमा पुर्याउन पुर्णरुपमा कटिबध्द रहने प्रतिबध्दता पनि ब्यक्त गरेका थिए ।
तमु समाज युकेको छैठौं कार्यसमितिमा मनोनित सल्लाहकार तथा क्षेत्रिय प्रतिनिधिहरुको नामावली निम्नअनुसार रहेको जानकारी पनि दिएका थिए ।
१. श्री चित्र बहादुर गुरुङ २.श्री शिबसरण गुरुङ ३. श्री अर्जुन कुमार गुरुङ ४. श्री शिवचन्द्र गुरुङ ५. श्रीमति रेनु माया गुरुङ ६. श्री टंकराम गुरुङ ७. सुश्री टीका देवी गुरुङ ८. ले.री. पञ्च बहादुर गुरुङ ९. सुश्री विजु गुरुङ १०. श्री कन्य प्रसाद गुरुङ १२. उपदेशक लामा प्रेम गुरुङ १३. श्री राम चन्द्र गुरुङ १४. श्री ज्ञान बहादुर गुरुङ १५. श्री केदार बहादुर गुरुङ १६. श्री उदय गुरुङ १७. श्रीमति माया गुरुङ १८. श्री महेश घले (ननिटन प्रतिनिधि) १९. श्री खड्ग बहादुर गुरुङ २०. श्री सुबा सिङ्ग गुरुङ (वि.ई एम) २१. ले.थम प्रसाद गुरुङ २२. श्री जुम बहादुर गुरुङ २३. श्री बाबुराम गुरुङ २४. श्री इमान घले २५. श्री याम बहादुर गुरुङ २६. श्री चन्द्र बहादुर गुरुङ (क) २७. श्री चन्द्र बहादुर गुरुङ ( ख) २८. श्री लेख गुरुङ २९.श्री कमल गुरुङ ३०. श्री प्रेमकाजी गुरुङ ३१. श्री हितमान गुरुङ (हेम्पशायार प्रतिनिधि) ३२. श्री कर्ण बहादुर गुरुङ ३३. श्री टेक बहादुर गुरुङ ३४. अधिवक्ता श्री राजु थापा ३५. ई. काशीराज बोहोरा ३६. श्री लेखनाथ घिमिरे ३७. क्या. जीवन कुमार गुरुङ ३८. श्री गोपिराम गुरुङ ३९. श्री मिठु गुरुङ (वर्कशायर प्रतिनिधि) ४०. क्या. चन्द्र बहादुर गुरुङ ४१. श्री नर बहादुर गुरुङ ४२. क्या. तेशर जङ्ग गुरुङ ४३. श्री दिलिप गुरुङ (एम.बि.ई) ४४. श्री ओम प्रसाद गुरुङ ।
अन्तमा यस कार्यक्रमलाई सफल बनाउन बिषेश सहयोग पुर्याउनु हने संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षहरु शिब सरण गुरुङ , अर्जुनकुमार गुरुङ खानपिन व्यवस्थाको लागि खाद्य संयोजक श्री हरिमान गुरुङ र वर्तमान उपाध्यक्ष श्रीमति बिन्दु घले , आमा समुहका अध्यक्ष उमा देबि गुरुङ र अन्य धेरै दिदि बहिनि हरु र दाज्यु भाई हरुले सहयोग गर्नु भएको थियो । स्वादिष्ट भोजन तथा पेय पदार्थ व्यवस्थाको लागि सहयोगि दाज्युभाई दिदि बहिनीहरुलाई आभार सहित धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको विसर्जन भएको थियो ।