तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले नेपालसन्सारमा प्रकाशित समाचारको खण्डन
लण्डन । बेलायतमा तमुहरुको (गुरुङहरुको) सबैभन्दा ठुलो संस्था तमु धि यूकेको बर्तमान अधक्ष्य हितकाजी गुरुङले आफ्नो नाम जोडेर बेलायतबाट सन्चालित अनलाइन समाचार पोर्टल नेपालसन्सारमा प्रकाशित “प्रचार समिति संयोजक हितकाजी गुरुङ भन्छन्, ‘निर्वाचनमा प्रेमलाई सघाउन स्वयमसेवकहरु तयार छन” भन्ने शिर्षकको समाचारमा आफ्नो ध्यानाकर्षण भएको र खण्डन गर्नुभएको छ । अधक्ष्य हितकाजी गुरुङको अनुसार आफु अधक्ष्यको प्रत्यासी प्रेम गाहा मगरको प्रचार समिती संयोजक नभएको कुरा खबर यूकेलाई जानकारी गराउनु भएको छ ।
अधक्ष्य गुरुङको अनुसार तमु धि यूकेको प्रतिनिधित्व गर्दै र ब्यक्तिगत रुपमा आमन्त्रीत कार्यक्रममा आफ्नो उपस्थित भए पनि संस्थाको कार्यसमितीको वा संस्थाको निर्णय बेकर एनआरएनए यूकेको असन्न निर्वाचनमा कुनै उम्मेदवारको वा गुट (समुह) बिशेषको कुनैपनि चुनाबी समितिमा बस्न नमिल्ने र नहुनेमा आफु सजग रहेको कुरा स्पष्ट पार्नुभएको छ । एनआरएनए यूकेको पन्जिक्रित सदस्यको नाताले वा मतदाताको हिसाबले ब्यक्तिगत रुपमा कुनै उम्मेदवारलाई समर्थन गरेता पनि संस्थागतको बिधान बिपरित र संस्थाको गरिमामा आँच आउने गरी खुला रुपमा कुनै पनि उम्मेदवारको चुनाबी प्रचार प्रसारमा नलागेको कुरा स्पष्ट गर्नुभएको छ । त्यसैले यदि कसैले चुनावमा प्रभाब पार्न आफ्नो नाम र संस्थालाई जोडेर समाचार प्रकाशित गर्छन् भने सत्यतथ्य बुझ्न स्वयम उहांसँग बुझ्न अनुरोध गर्नुभएको छ ।
उहाँको अनुसार नेपालसन्सारमा प्रकाशित उक्त समाचारमा कुनै सत्यता नभएको र प्रोपोगान्डा हो भन्नुभएको छ । “तमु धिं यूके जस्तो गरिमामय संस्थाको अधक्ष्यको नाताले आफ्नो जिम्मेवार र कर्तब्यमा म एकदमै सजग छु” उहाँले भन्नुभयो । उक्त समाचार सम्बन्धमा अधक्ष्य गुरुङले नेपालसन्सार डटकमको प्रधान सम्पादक मन्दिप केसीलाई नि सजग गराएको कुरा खबर यूकेको सदस्य ईन्द्र घोथानेलाई जानकारी गराउनु भएको छ ।