मतदाता नामवली उपलब्ध नगराए चुनाव बहिष्कार गर्ने प्रेम गाहा मगर समुहको चेतावनी
लन्डन । भोली अगष्ट २ तारिख सोमबार मध्य १२ बजेबाट अनलाईन मार्फत हुन लागेको एनआरएनए यूकेको चुनाबमा निर्बाचन आयोगले भेन्डोरलाई (चुनाब गराउने कम्पनीलाई) उपलब्ध गराउने मतदाता नामवली जस्ताको तस्तै अध्यक्ष उम्मेद्वार प्रेम गाहा मगरको समुहलाई पनि उपलब्ध गराउनुपर्ने माग राख्दै यदि आफ्ना माग पुरा नभए निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।
प्रेम गाहा समुहका तर्फबाट संयोजक शेरबहादुर सुनारले आइतबार जूम मार्फत पत्रकार सम्मेलन गर्दै माग पुरा नभए निर्वाचनमा भाग लिन नसक्ने स्पष्ट पारे । संयोजक शुनारले निर्वाचन समितिबाट भेन्डरलाई पठाइएको मतदाता लिस्ट (नामावली) आफ्नो समुहलाई पनि पठाउनुपर्ने माग गरे । त्यसैगरी, आइतबार मध्यरातसम्म सबै मतदातालाई टेस्ट ईमेल आउनुपर्ने भन्दै ईमेल नआए आफुहरु चुनावमा नजाने बताए ।
आफ्नो समुहका मागहरु पुरा नभए चुनावमा भाग नलिने चेतावनी दिएको छ । निर्वाचन समितिमाथि आक्रामक रुपमा प्रस्तुत भएका सुनारले प्रमुख निर्वाचन आयुक्त महेन्द्र कडेललाई मानसिक सन्तुलन ठीक नरहेको आरोप समेत लगाए ।
दुई वर्षअघिको निर्वाचनमा पुनम गुरुङसँग पराजित बनेका सुनारले आफुलाई धांधलीबाट हराइएको र अहिले पनि धांधली गरी कांग्रेस समर्थित प्यानललाई फेरि हराउन लागिएको आरोप लगाएको छ ।