एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

लन्डन । एनआरएनए यूके निर्वाचन दुई दिन पर सारेको छ । मतदान आगामी अगष्ट २ तारिख सोमबारलाई तय गरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहंदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगष्ट सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे आउने समितिले जनाएको छ ।

निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शुक्रबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई मतदान सम्बन्धि प्राविधिक प्रक्रिया बुझाउन पर्याप्त समय नभएको गुनासोलाई सम्बोधन गर्न तालिका परिवर्तन गरिएको जनाएका छन् । पहिलोपटक एनआरएनए यूकेको अनलाइन मतदान हुंदैछ ।

निर्वाचन समितिले मतदाता शिक्षामा समय अभाव भनेपनि अनलाइन भोटिङ गराउने भेन्डोर कम्पनीसँग सम्पूर्ण कागजी प्रकृया र अन्य आबश्यक प्रबन्ध मिलाउन नसकेकोले अन्तिम समयमा निर्वाचन मिती सार्नु परेको अनुमान गरिएको छ ।

निर्वाचन आयुक्तद्वारा जारी बिज्ञप्ति