कोरोना सन्क्रमित सन्ख्या बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न बैठक बस्न लागेको हो । आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ ।
बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।