टोकियो ओलम्पिकमा सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौँ : एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन् । एक सय मिटर महिला दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरेकी थिइन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।

सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ः५५ सकेन्ड रहेको छ । यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२ः२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् ।