चोटका कारण एण्डी मुरेले टोकियो ओलम्पिकमा एकल तर्फको स्पर्धा नखेल्ने

एजेन्सी । बेलायती एण्डी मुरेले टोकियो ओलम्पिकमा पुरुष एकल तर्फको प्रतिस्पर्धा नखेल्ने भएका छन् । तिघ्राको मांसपेशी च्यातिएपछि दुई पटकका विजेता मुरेले टोकियो ओलम्पिक नखेल्ने भएका हुन् ।

उनले शनिबार पुरुष डबल्स तर्फको उद्घाटन खेलमा जो सालिस्बेरीसँग जितेका थिए । दोस्रो दिनको खेलमा उनले क्यानडाका फिलिक्स ओगर–एलियासिमसँग प्रतिस्पर्धा गर्ने छन् ।

३४ वर्षका मुरे डबल्स स्पर्धामा भने प्रतिस्पर्धा गर्ने छन् । तर उनलाई सो स्पर्धामा पनि नखेल्न सुझाव दिइएको छ । स्वास्थ्यकर्मीहरुको सल्लाहमा आफूले प्रतिस्पर्धा त्याग्नु परेको र यसबाट निकै निशास रहेको मुरेले बताएका छन् ।