ओली एमालेले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्यो
काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । ती सांसदहरुलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो ।
स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।
पार्टीको अहिले स्थायी समिति बैठक चलिरहेको छ ।