गोरखा सत्यग्रह संघर्ष समितीले आजदेखी लन्डनमा हडताल गर्ने
लण्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आज लण्डन स्थित १० नम्बर डाउनीस्ट्रीट प्रधानमन्त्री कार्यालय अगाडि असमान अधिकार र आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै दिउसो एक बजेदेखि रिले अनसन गर्ने भएको छ । शुरुमा १३ जना नेपाली भिसीको नाममा १३ दिन रिले अनसन गर्ने गर्ने र त्यसबेला सम्मा मागहरुको सम्बोधन गरिएन भने भोक हडताल गरिने कुरा सत्यग्रह समितिको संयोजक कृष्ण बहादुर राईले जानकारी गराउनु भएको छ ।
अमरण अनसनको लागि यसअघि नै गोरखा अभियन्ताहरु- ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेले घोषणा गरेका थिए । गोरखा सत्याग्रह समिती लगयात थुप्रै भुपु गोरखा सैनिक संघसंस्थाले सन्युक्त रुपमा आफ्नो मागहरुको उचित सम्बोधन होस् र समस्याहरुको समाधान होस् भने बिभिन्न चरणमा नेपाल सरकार र बेलायत सरकारलाई ध्यानाकर्षण गराउनुको साथै बिज्ञप्ती र मागपत्रहरु बुझाएका थिए । तर, ती मागहरुको खासै सम्बोधन तथा समाधान गर्न दुबै देशको सरकारहरु त्यती तत्पर देखिएको छैन ।
त्यसैले यस्तो कडा किसिमको आन्दोलन गर्न वाध्य भएको कुरा अभियान्तहरु बताउछन । समितिले जुलाइ १ देखि गर्ने तय गरेको आमरण अनसन तीन साता स्थगन गरेको थियो । भूतपूर्व गोर्खाहरुले अबको आन्दोलन निर्णायक हुने दावी गर्दै आएका छन् ।
भोक हडतालको बारेमा भुपु गोरखाहरुको अर्को प्रमुख संस्था- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले बार्ता र कुटनितीक नै समस्या समाधान प्रमुख साधन भएकोले बार्ता र कुटनितीक मार्फत नै समस्या समाधानको लागि पहल गरिनुपर्नेमा जोड दिन्छ । त्यस्तै गत आइतबार लण्डनस्थित नेपाली दूतावासमा गोर्खा मुद्दाबारे छलफल हुँदा राजदूत लोकदर्शन रेग्मीले समस्या समाधानका लागि नेपाल सरकारले पहल गरिरहेको जनाउँदै अनसन नबस्न सुझाएका र अन्य सहभागीले समेत त्यो उचित विकल्प नभएको बताएका विज्ञप्तिमा छ । गेसोले पहिले पनि अनसन जस्ता कार्यक्रमबाट गोर्खाप्रतिको विश्वास र प्रतिस्ठा घट्ने भन्दै विरोध गर्दै आएको छ । प्रत्युत्तरमा- ‘हामी कूटनीतिक पहल र वार्ता भन्दा भन्दै ३२ बर्ष बिताइसक्यौं, अब कति कुरेर बस्ने ?’ भन्ने सत्याग्रह समितिको बुझाई छ ।