प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सूचना संसद सचिवालयमा आएको जानकारी दिए ।

देउवाले आजै विश्‍वासको मत लिने भन्दै दर्ता गराएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ । सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए ।

केहीबेर अघिबाट सुरु संसद्को कार्यव्यवस्था परामर्श समितिमा विश्‍वासको मतबारे छलफल भइरहेको छ । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्रीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा दर्ता भइसकेको जनाइएको छ । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखको सचिवालयले जनाएको छ ।