बेलायतको स्थानिय कलाकार दिपक मैथानेको नयाँ म्युजिक भिडियो “बैगुनी” सार्वजनिक
लण्डन । बेलायतका स्थानीय नेपाली कलाकार दिपक मैथाने मगरले आफ्नो जन्मदिनको अवसर पारेर ‘बैगुनी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तमु समाज यूकेको संस्थापक अधक्ष्य श्री चित्र बहादुर गुरुङ प्रमुख अथिति रहेको कार्यक्रममा मैथानेले आफ्नो नयाँ म्युजिक भिडियो बिमोचन गरेका हुन् ।
नेपाल गुल्मी घर भई हाल बेलायत कर्मथलो बनाएका मैथानेले समय समयमा बिभिन्न गीतसंगीत प्रस्तुत गर्दै आइरहेका छन आफ्नै शब्द रचना तथा बिलन थापाले संगीत भरेको उक्त “बैगुनी” गीत भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । गीत मिक्सिङको काम मन बहादुर बरालले गरेका हुन भने उक्त गीत लेकाली स्टूडियोमा रेकर्ड गरिएको हो । गितमा नवीन निरौलाले कलरिङ्ग गरेका छन् ।
लन्डनको बिभिन्न आकर्षक स्थलमा छायांकन गरेको उक्त म्युजिक भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ गरेका छन् । भिडियोग्राफी, निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन् । गीतको शिर्षक अनुरुप उक्त म्यूजिक भिडियोमा प्रेम विछोड तथा गुन देख्न नसक्ने प्रेमी प्रमिकाको गाथा प्रस्तुत गरिएको छ ।
बिहीवार लण्डन ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित बिमोचन कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले मैथानेलाई खाता लगाई बधाई दिएका थिए । गुरुङले विमोचन गरेको उक्त भिडियोको रिलिज समारोहमा तमु समाज यूकेका उपाध्यक्ष बिन्दू घले, सफल कोरियोग्राफर तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका तेनयाङ राना (सरु) गुरुङ, नायक ध्रुव दत्त, मोडल सृजना निङ्लेकु, भीम राना, लगायतको उपस्थित थिए ।
आफ्नै अफिसियल युट्युब च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत उक्त म्युजिक भिडियो पहिलोपटक रिलिज गरिएको छ । मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । विमोचन कार्यक्रमको सञ्चालन मगर संघ यूकेका युथ अध्यक्ष किशोर रानाले गरेका थिए । उक्त गीत लण्डन नेपाल न्यूजको अफिसियल फेसबुक मार्फत बिहिबार साँझ लाइभ रिलिज गरीएको थियो ।
तस्बिर तथा समाचार स्रोत- लन्डन नेपाल न्युज
हेर्नुहोस ‘बैगुनी’ भिडियो