प्रधानमन्त्री देउवा बालुवाटार सरे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । शुक्रबार बिहान १० बजेतिर देउवा बालुवाटार प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।
प्रधानमन्त्रीको शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए ।