यस्तो छ एनआरएनए यूकेको अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राईको घोषणापत्र
लण्डन । एनआरएनए यूकेको २१ – २३ चुनाव नजिकिदै गर्दा उम्मेदवारहरुले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम शुरु भएको छ । आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नेमा अधक्ष्यको प्रत्यासी मध्ये एक, एकमात्र महिला उम्मेदवार रोजिना प्रधान राईले हिजो जुलाई ७ तारिख शुक्रबार बेलुका एक भर्च्युल कार्यक्रम आयोजना गरी आफ्नो ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेकी छन् ।
उनले हामी सबैको हात: गोर्खा सैनिकको आन्दोलनमा हाम्रो साथ, सानाठूला तथा सामूहिक लगानी प्रवर्धनः समृद्ध मातृभूमि हाम्रो अभियान, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, विकासको आधार: पर्यटन प्रवर्धन र व्यापार, नेपाली नागरिकताको निरन्तरता, साझा र पारदर्शी एनआरएन हाम्रो प्रतिबद्दता, स्मार्ट एनआरएनए, निशुल्क सदस्यता, स्थायी सचिवालय स्थापना, नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन, आर्थिक स्थायीत्व शिर्षकमा आफ्नो प्रतिबध्दता तथा योजनाहरु प्रस्तुत गरेकी थिइन । समासामयिक प्राप्त गर्नुपर्ने र गर्नसकिने योजनाहरु उनले अत्यन्तै प्रोफेसनल ढंगबाट प्रस्तुत गरेकी थिइन ।
रोजिना स्वयमले अधक्ष्य गर्नुभएको उक्त कार्यक्रममा उनको चुनाबी अभियानका संयोजक डा प्रमोद कोयी राइले स्वागत मन्तब्य दिनुभएको थियो भने डा मुकुन्द बस्तोलाले कार्यक्रम सन्चालन गर्नुभएको थियो । कार्यक्रममा बेलायस्थित ५ दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधीको उपस्थिती थियो । संघको निर्वाचनमा जुलाई ३१ तारिखमा अनलाइन मार्फत हुदैछ ।