जोर्न कुइपर्स युरोकप फाइनलको रेफ्री

एजेन्सी । नेदरल्याण्ड्सका जोर्न कुइपर्स युरोकप फुटबल २०२० को फाइनलमा रेफ्री रहनुहुने भएको छ । युरोकप फुटबल पुरुषतर्फको फाइनलमा रेफ्री हुने उहाँ पहिलो डच हुनुहुनेछ । कुइपर्सले यसअघि पनि इंग्ल्याण्ड र इटालीबीचको खेलमा रेफ्रीको भूमिकामा रहिसक्नुभएको छ । सन् २०१४ को विश्वकप फुटबलमा समूह चरणमा यी दुई राष्ट्रले स्पर्धा गर्दा कुइपर्स रेफ्री हुनुहुन्थ्यो ।

४८ वर्षीय कुइपर्स युरोकप फुटबल २०२० मा इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलमा चौथो अधिकारीको भूमिकामा हुनुहुन्थ्यो ।