एनआरएनए युकेको अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले जुम मार्फत औपचारिक उम्मेद्धारी घोषणा गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी महाधिबेशन यहि जुलाइ-३१ मा सम्पन्न हुने भएको छ । एनआरएनए युकेको वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्बारी दिने कुरा पहिल्यै सार्वजनिक गरिसकेकी छिन् । तर, आफ्नो उम्मेदवारीको औपचारिक घोषणा भने भोली जुलाई ९ तारिख २०२१ साल बेलुका ७ बजे भर्च्युल (जुम मार्फत) गर्ने कुरा सामाजिक सन्जाल फेसबुकमा जानकारी गराएकी छिन् । उनले अल्डरसटस्थित एम्पायर हलबाट औपचारिक रुपमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको कुरा उनको निर्वाचन प्रचार प्रसार समितीले जनाएको छ ।

बेलायत सरकारको कोभिड सुरक्षा नियम अनुसार भौतिक रुपमा धेरै मनिसहरुलाई जम्मा गरेर सभा सम्मेलन गर्न नमिल्ने भएकोले प्रबिधीमार्फत उक्त घोषणा सभा गर्न लागेको कुरा अकांक्षी श्रीमती राइले बताइन् । श्रीमती राइको अनुसार उक्त घोषणा कार्यक्रममा बेलायतका थुप्रै सामाजिक अभियन्ताहरुको सहभागिता रहने जनाईएको छ । बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुने भएकोले सम्पूर्ण अग्रजहरुलाई कार्यक्रममा जोडिनको निम्ति उनले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक अपिल गरेकी छिन् ।

रोजिनाले घोषणा सभामा आफ्ना ९ बुंदे एजेन्डा र प्रतिबद्धता पनि सार्वजनिक गर्ने बताएकी छिन् । एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा सर्वाधिक मत ल्याएकी थिइन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने एक भिजनरी सामाजिक अभियन्ताको रुपमा चिन्ने गर्दछ । यसपटकको निर्वाचनमा पपुलर भोट उनका पक्षमा जाने अड्कल काट्न थालिएको छ ।

समाजसेवासंगै विभिन्न व्यवसाय आवद्ध रोजिना दर्जनौ संघसंस्थाबाट सम्मानित भएकि छिन् । युके नेपाल फ्रेन्डसिप सोसाईटिको ब्राण्ड एम्बेसडर समेत रहेकी रोजिना बिजिनेस एडमिनिस्टेशन (Business Administration)मा मास्टर गरेकी सफल बिजिनेस म्यान समेत हुन ।

हाल सम्मका अध्यक्षका प्रत्यासीमध्ये रोजिनाले आफ्नो उम्मेदवारीलाई पहिलो पटक औपचारिक रुपमा घोषणा गर्न लागेकी हुन ।