द हन्ड्रेड खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने भोली बेलायत आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दिप लामिछाने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन भोली (बिहिबार) इङ्गल्याण्ड आउने भएका छन् । ओभल ईन्भेन्सेबलबाट प्रतियोगिता खेल्न सन्दिप बेलायत आउँदैछ । कोरोना महामारीका कारण टी–२० ब्लास्ट गुमाएका सन्दिप अन्त्ति अनिश्चित्ताकाबिच द हन्ड्रेड खेल्न आउने भएका हुन् ।

यसअघि नेपालले विश्व क्रिकेट लिग २ अन्र्तगन स्कर्टल्यान्ड र नामेवियाविरुद्धको सिरिजका कारण द हन्ड्रेडका सुरुवाती ५ खेल गुमाउने सन्दिपले सिरिज स्थगित हुदाँ पुरै प्रतियोगिता खल्न पाउने छन् । नेपालबाट इङ्गल्याण्ड पुगे पछी सन्दिप क्वारेन्टाईन बस्ने छन् । क्वारेन्टाईन अवधी समाप्त भए पछी उनी टिमको प्रशिक्षणमा सामेल हुने छन् ।

गत बर्ष आयोजना हुने तालिका रहेको पहिलो संस्करणको प्रतियोगिता कोरोना महामारीका कारण एब बर्ष स्थगित भएको थियो । फरक प्रारुपको द हन्ड्रेड जुलाई २२ बाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दिपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।