तमु समाज युकेको आमा समुहले पाए पूर्णता

नारायण सिंह गुरुङ

लण्डन । तमु समाज युकेको आमा समुहको कार्यसमितिले पूर्णता पाएको छ । समाजको वेम्बली स्थित आफ्नै सामुदायिक भवनमा बसेको बैठकले आमा समुहलाई पूर्णता दिएको हो । गत २७ जून २०२१ को दिन बसेको मूल समितिको चौधौं साधारण सभा तथा छैटौं महाधिबेशन बैठकमा श्रीमती बिन्दु घले अध्यक्ष रहेको निबर्तमान कार्यसमितिको कार्यकाल समाप्त भएपछि श्रीमती उमा देवी गुरुङ अधक्ष्य, श्रीमती मथुरा गुरुङ उपाधक्ष्य, सुश्री बिवा गुरुङ कोषाधक्ष्य र श्रीमती मीरा गुरुङ सचिब रहेको नयाँ कार्य समिति गठन गरेको थियो तर कार्यसमितीले पूर्णता भने पाएको थिएन । त्यस्तै नयाँ आमा समुहको प्रथम बैठकले आमा समुहको लागि सल्लाहकारहरु पनि चयन गरेका छन । नियमित नियम जस्तै निबर्तमान आमा समुह प्रमुख स्वत: सल्लाहकार हुने भएकोले श्रीमती बिन्दु घले बर्तमान आमा समुहको सल्लाहकारमा चयन हुनुभयो ।

गत शनिबार आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्ष श्रीमती उमा देवी गुरुङ र उहाँको नयाँं कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएर सम्मान गरेको थियो भने हालै निवर्तमान हुनु भएका आमा समुहका अध्यक्ष श्रीमती बिन्दु घले (वर्तमान तमु समाज युके मूल समिति, उपाध्यक्ष) र उहाँको कार्यसमिति लाई खादा, फूल दिएर धन्यवाद तथा विदाई गरिएको थियो ।

त्यस्तै नबनिर्वाचित अधक्ष्य शिव कुमार गुरुङ र उहाँको धर्मपत्नी श्रीमती मिना गुरुङलाई आमा समूहका अध्यक्ष श्रीमती उमा देवी गुरुङ र नयाँ कार्यसमितिको तर्फबाट खादा, फूल र फेटा लगाइ बधाई तथा शुभकामना दिएका थिए । साथै, निवर्तमान अध्यक्ष शिब चंद्रा गुरुङ साथै उहाको श्रीमती मिरा गुरुङलाई पनि खादा, फूल र फेटा लगाएर धन्यबाद सहित विदाई गरेका थिए । उक्त कार्यक्रममै तमु समाज युकेको संस्थापक अध्यक्ष तथा अभिभाबक चित्र बहादुर गुरुङलाई पनि आमा समूहको अध्यक्ष श्रीमती उमा देवी गुरुङले खादा, फूल र फेटा लगाएर सम्मान गरेको थियो । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष श्रीमती विमला गुरुङले नवनिर्वाचित कोषाध्यक्ष सुश्री विबा गुरुङलाई सम्पूर्ण हिसाबकिताबहरु र रकम हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङ, निबर्तमान अधक्ष्य शिव चन्द्र गुरुङ र बर्तमान अधक्ष्य शिव कुमार गुरुङले एक अर्कालाई उच्च सम्मान गर्दै धन्यवाद, बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमको लागि खेलकुद संयोजक श्री हरिमान गुरुङ तथा उहाँको धर्मपत्नी श्रीमती लक्ष्मी गुरुङले स्वादिलो खाना व्यवस्था गर्नुभएको थियो । अन्त्यमा आमा समूहका उपाध्यक्ष श्रीमती मथुरा गुरुङले उपस्थित सबैलाई कार्यक्रम सफल बनाइदिनुभएकोमा धनयबाद दिनुभएको थियो ।

तमु समाज यूकेको आमा समुहको नयाँ कार्यसमिति सदस्यहरुमा- श्रीमती पदम माया गुरुङ, श्रीमती लक्ष्मी गुरुङ (क), श्रीमती गोमा गुरुङ, श्रीमती पञ्जा गुरुङ, श्रीमती कृष्ण गुरुङ, श्रीमती माया गुरुङ, श्रीमती भद्रा गुरुङ, श्रीमती लक्ष्मी गुरुङ (ख), श्रीमती बत्ती गुरुङ, सुश्री रमिला गुरुङ, श्रीमती शारदा गुरुङ, श्रीमती रोजी गुरुङ, श्रीमती बबी गुरुङ, श्रीमती काशी गुरुङ, श्रीमती सुनिता गुरुङ, श्रीमती मैता गुरुङ, श्रीमती सारा गुरुङ, श्रीमती ऋतु गुरुङ, श्रीमती खुशी गुरुङ र श्रीमती चन्चला गुरुङ रहेका छन ।

त्यस्तै सल्लाहकारमा- श्रीमती बिन्दु घले, श्रीमती माया गुरुङ, श्रीमती विजु गुरुङ, श्रीमती विमला गुरुङ, श्रीमती मन कुमारी गुरुङ, श्रीमती लील कुमारी गुरुङ, श्रीमती राज कुमारी गुरुङ, सुश्री टीका गुरुङ, श्रीमती सूर्य कुमारी गुरुङ, श्रीमती जयन्ति गुरुङ, श्रीमती ईश्वरी गुरुङ, श्रीमती कमला गुरुङ, श्रीमती रेनुमाया गुरुङ, श्रीमती विष्णुमती गुरुङ, श्रीमती पुष्प गुरुङ, श्रीमती इच्छा गुरुङ, श्रीमती तुलसी गुरुङ, श्रीमती कुमारी गुरुङ, श्रीमती मीना गुरुङ रहेका छन ।