गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न
ज्ञाम गुरुङ, भुपु अधक्ष्य तमु धिं यूके ।
फोल्कस्टोन, केन्ट । बेलायतको फोल्कस्टोन स्थित ईचिङ्गहिल गल्फ काेर्शमा गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता भब्य रुपमा सम्पन्न भएकाे कुरा तमु धिं यूकेको पूर्व अधक्ष्य ज्ञाम गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।
करिब १०१ जना गल्फर्सहरू सहभागी रहेको उक्त प्रतियोगितामा खेलाडीहरुले बिभन्न बिधामा (क्याटाेगाेरीमा) खेलहरु (गल्फ) खेल्नुभएको थियो । प्रतियोगिताको ग्रसतर्फको च्याम्पियन गजेन्द्र गुरूङ भएका थिए भने अर्का प्रतिस्पर्धी सुनिल गुरूङ नेट च्याम्पियनतर्फ प्रथम हुनुभएको थियो । त्यस्तै डिभिजन ए मा च्याम्पियन तुलजङ्ग गुरूङ, डिभिजन बि मा च्याम्पियन मन्जिल गुरूङ र सि मा च्याम्पियन कृष्ण तामाङ उत्कृष्ट गल्फर हुनुभयो ।
लामाे दुरी पार गर्नेमा चन्द्र राई र सिनियर लामाे दुरीमा डमर शाही च्याम्पियन हुनुभयो । एनटिपी च्याम्पियन कृष्ण तामाङ भए भने एनजेपी च्याम्पियन प्रेम काजी गुरूङ बिजेता बने । काउन्ट ब्याक च्याम्पियन गंगा मल्ल बन्न सफल भए । विभिन्न क्याटाेगाेरीमा बिजेता तथा उपबिजेताहरूलाई तमु धि यूकेको भुपु अध्यक्ष ज्ञाम गुरूङ, श्रीमती शान्त गुरूङ र फाेल्कस्टोन नेपलिज कम्युनिटीका भुपु अध्यक्ष तथा प्रायाेजक चन्द्रबहादुर गुरूङले नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
पहिला पहिला एउटा च्यम्पियनसिप रुपमा खेल्दै आएको उक्त प्रतियोगिता सन २०१८ देखी गोरखा हिल च्याम्पियनसिपको नाममा शिल्ड, ट्रफी र नगद पुरुस्कार प्रायोजन गरेर उक्त प्रतियोगिता सन्चालन गरेको कुरा गोरखा हिल सुपरस्टोरको मालिक (प्राेप्राईटर) चन्द्र गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । यस प्रतियोगिताको लागि उहाँलाई पुरुस्कार प्रायोजन गर्न आर्थिक सहयाेग गर्नुहुने- पाेखरा ट्राभल्स, लेमन लिफ रेस्टुरेन्ट, एभरेष्ट क्याफे, ओरियन्टल बफेटको दिदीबहिनीहरू- हुमसिरी गुरूङ, कुलदेबि गुरूङ, ईन्द्र गुरूङ, शर्मिला गुरुङ , लक्ष्मी गुरूङ र परिबार, दाजुभाइहरू- दिलीपकुमार गुरूङ एमबिई, सुर्य गुरूङ,गिरी प्रसाद गुरूङ, कृष्ण गुरूङ, तेज गुरूङ, चित्र गुरूङ र प्रबिण क्षेत्रीलाई प्रमुख प्रायोजक चन्द्र गुरुङले धन्यवाद दिनुभयो ।
त्यस्तै प्रायोजक गुरुङले उत्त गल्फ प्रतियोगिता सफल बनाउन संयोजन गर्नुहुने गाेर्खा गल्फ साेसाईटी युकेलाई बिशेष धन्यवाद दिनुभयो । संयोगबस उक्त दिन पुरुस्कार प्रायोजक दम्पतीकाे २५औ एनिभर्सरीको (बिबाह भएको २५ बर्ष पुगेको) उपलक्ष्यना गाेरखा गल्फ साेसाईटी यूकेका (अधक्ष्य) चेयरमेन साेमराज तामाङले पुष्पगुच्छा र कार्डसहित प्रायोजक चन्द्रबहादुर गुरूङ र उहाँको श्रीमती शान्ता गुरूङलाई बधाई, शुभकामना तथा धन्यवाद दिनुभएको थियो ।