धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित

गोलमान गुरुङ ।

लण्डन । धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएको कुरा अधक्ष्य स्वयम गोलमान गुरुङले खबर यूकेलाई जानकारी गराउनु भएको छ । हालसम्म ३ जना अध्यक्षहरु क्रमश: दुर्गमल गुरुङ, गुप्त बहादुर गुरुङ र गम बहादुर गुरुङहरुले धम्पुस पोखरी घोताने परिवार यूकेको सफल नेतृत्व गरिसकेका छन । आज जुलाई ३ तारिख शनिबारका दिन भएको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको निर्वाचन मण्डलले अध्यक्षमा गोलमान गुरुङ, प्रथम उपाध्यक्षमा भगवान गुरुङ, दोश्रो उपाध्यक्षमा आई बहादुर गुरुङ, सचिवमा श्रीमती हरिमाया (भावाना) गुरुङ, सह-सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा राम बहादुर गुरुङ, सह-कोषाध्यक्षमा टिका (बोता) गुरुङ, साँस्कृतिक संयोजकमा श्रीमती पबित्र गुरुङ, साँस्कृतिक सह-संयोजकमा श्रीमती मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा हर्क गुरुङ र याम गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरि कार्यसमितिमा सदस्यहरु थमन गुरुङ, अमृतमान गुरुङ, नमराज गुरुङ, दिपेन्द्र गुरुङ र बिकास गुरुङ छन ।

पहिलो चरणको वार्षिक साधारणसभामा परिवारको कोषाध्यक्ष आई बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव भगवान गुरुङले परिवारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको उक्त वार्षिक साधारणसभामा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भईरहेका र हुदैगरेका गतिविधिप्रति सबैजनाले खुशी प्रकट गर्दै तेश्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरण कार्यक्रमको अन्तमा अध्यक्ष गम बहादुर गुरुङले धन्यवाद मन्तब्य राख्दै तेश्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गर्नुभएको थियो ।

दोश्रो चरणमा परिवारको चौथो कार्यसमिति गठन गर्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङ, निवर्तमान अध्यक्ष गुप्त बहादुर गुरुङ, परिवारको सबैभन्दा जेष्ठ नागरिक ले. रि. जस बहादुर गुरुङ र साहारा यूकेका अध्यक्ष कुमार गुरुङले चौथौ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन परिणाम घोषणा पश्चात निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाईदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिनुभयो । त्यसैगरि परिवारका सल्लाहकार साहारा यूकेका वर्तमान अध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तब्य दिनुभएको थियो ।

अन्तमा परिवारको नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभयो । गोलमान गुरुङ तमू समाज केन्ट यूके र धम्पुस परिवार यूकेका वर्तमान महासचिव पनि हुन ।