हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

एजेन्सी । कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिन सक्ने जोखिमका कारण हङकङले बेलायतबाट हुने सबै उडान बन्द गर्ने भएको छ । हङकङले बेलायतलाई संक्रमणको अति जोखिम युक्त देशका रुपमा सूचिकृत गर्ने भएको हो । बेलायतबाट हुने उडानमाथिको प्रतिबन्ध जुलाई १ देखि लागु हुने छ। त्यससँगै बेलायतबाट आउने कुनै पनि विमान हङकङमा अवतरण गर्न पाइने छैन ।

बेलायतमा हालैका दिनमा दुई घण्टा भन्दा बढि समय बिताएकाहरुलाई हङकङका लागि उडान अनुमति दिइने छैन । बेलायतमा हालैका दिनमा डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएकाले जोखिम कम गर्नका लागि यस्तो निर्णय लिनु परेको हङकङका अधिकारीहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।