प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर, गृह सहित ५ मन्त्रालयको जिम्मा बिष्णु पौडेललाई
काठमाडौं । सरकारको महत्वपूर्ण मन्त्रालय मानिने गृह मन्त्रालयको जिम्मा अर्थमन्त्री समेत रहेका बिष्णु पौडेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरि ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यस्तै, हाल शिक्षा मन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसैगरि, मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री अोलीले रक्षा र परराष्ट्र मन्त्रालय भने आफैंसँग राखेका छन् ।