बेलायतमा आज कोरोनाबाट १०६३३ जना सन्क्रमित ५ को मृत्यु
लण्डन । बेलायतमा आज १०,६३३ जना कोरोनाबाट सन्क्रमित भएको छ भने ५ को मृत्यु भएको छ । हिजोको तुलनामा सन्क्रमित हुनेहरुको सन्ख्या बढ्यो भने हिजो भन्दा आज एकजना कम कोरोनाको कारण मृत्यु भयो ।
बेलायतमा आज १६३,७५० जनाले कोभिडको पहिलो डोज भ्याक्सिन लगायो भने 109,408 जनाले दोस्रो डोज भ्याक्सिन लगाए । आजसम्म बेलायतमा ४३,१२७,७६३ जनाले कोभिड भ्याक्सिनको पहिलो डोज लगाए भने ३१,४४९,९१५ जनाले दुबै डोज लगाए । बेलायतको राष्ट्रिय तथ्यान्क कार्यलयको अनुसार बेलायतमा १,५३,००० जनाले मृत्युको कारण कोभिड जनाएका छन । प्रधानमन्त्री बोरीस जोन्सनले तथ्यान्कको आधरमा सरकारले आगमी १९ जुलाईदेखी हटाउने भनेको कोभिड नियमहरु वा प्रतिबन्धहरु हटाउन खासै समस्या नहुनुपर्ने अनुमान गरेका छन । प्रधानम्मन्त्री जोन्सनले १९ जुलाई २०२१ कोभिड प्रतिबन्ध हुने अन्तिम दिन वा मिती हुने र त्यस उता प्रतिबन्धहरु नलगाउने वा नलम्ब्याउने सरकारको सोच तथा योजना रहेको कुरा जानकारी गराउनुभयो ।
“के सरकारले यस बर्षको अन्त्यतिर फेरी कोभिड सम्बन्धि थप वा नयाँ प्रतिबन्धहरु लागाउछ ?” भन्ने प्रश्नको उत्तरमा जोन्सनले तपाईं हामीले आउने परिस्थितीबारे कुनै आकलन गर्न नसकिने भएकोले प्रतिबन्धहरु नलाग्ला वा नकार्न नसकिन्ने कुरा बताउनु भयो । त्यस्तै अर्को एक समाचारमा प्रधानमन्त्री जोन्सनले कोरोनाको परिस्थिती जे जस्तो हुने भए ता पनि बिदेशी पर्यटकका लागि यो बर्ष अझैपनि गार्हो वा असहज हुने कुरा बताउनुभएको छ ।
त्यस्तै बेलायतको स्वास्थ्य मन्त्री म्याट हेनककले कोरोना भ्याक्सिनको दुबै डोज लगाएका र कम खतरा भएका देश घुमेर आएका नागरिकहरु १० दिन अनिबार्य एकलबास बस्नु पर्नेमा अब नियम फुकुवा गर्न सकिने कुरा जानकारी गराउनुभएको छ । बेलायतमा बिगत दुई दिनमा १० लाख मनिसहरुले कोभिड भ्याक्सिन लगाउनलाई दर्ता गरेका थिए भने सामाजिक सन्जालहरु स्न्यापच्याट, युट्युब, टिकटक र रिडिट मार्फत युवायुवतीहरुलाई भ्याक्सिन लगाउन प्रत्सोहन गर्ने अभियान चलाएको छ । यी सामाजिक सन्जालहरु बेलायत सरकारसँग मिलेर युवाहरुलाई भ्याक्सिन लगाउन प्रत्सोहन गर्न लागेका हुन । बेलायत सरकार आफ्नो नागरिकहरुलाई भ्याक्सिन लगाउने अन्तिम चरणतिर छ, अहिले सरकारले १८ बर्ष देखी २० बर्षसम्मको युवाहरुलाई फाइजर र मोडोर्नाको भ्याक्सिन लगाइरहेका छन ।
एक सर्बेक्षणको अनुसार १६ बर्षदेखी २९ बर्षका युवायुवतीहरुले कोभिड भ्याक्सिन लगाउन हिचहिच्काइरहेका छन । राष्ट्रिय तथ्यान्क बिभागको अनुसार १३ प्रतिशत यो उमेर समुहको नागरिकहरुले भ्याक्सिन लगाउने नलगाउने यकिन गर्न सकिरहेका छैनन र अर्को तथ्यान्क अनुसार यसै उमेर समुहका नागरिकहरुमा कोभिड तिब्र रुपमा फैलीरहेका छन । यसै कारण सरकारले यसै उमेरसमुहका युवायुवतीहरुले बढी प्रयोग गर्ने सामाजिक सन्जालहरुसँग सहकार्य गरेका हुन ।