बेलायतमा कोभिडको कारण सबैभन्दा लामो समय बिरामी भएका सन्क्रमितको मृत्यु
लण्डन । बेलायतमा कोभिडबाट सबैभन्दा लामो समयसम्म बिरामी भएका ४९ बर्षिय जेसन केल्कको हिजो शुक्रबार उपचारको क्रममा निधन भएको छ । निको गर्नलाई चौंधा महिनासम्म अथक प्रयास गर्दा पनि खासै प्रगती नभएपछी ४९ बर्षिय केल्कले उपचार नगर्न आग्रह गरेका थिए । “हरेश नखानु, उपचार जारी राखौ भनी “याचना” गर्दा पनि केल्क नमानेको, “आफु मर्न चाहेको” र “थप उपचार नगर्न वा स्थगित” गर्न आग्रह गरेको कुरा केल्कको श्रीमतीले खुलासा गरेकी छीन् । श्रीमती केल्कले आफ्नो श्रीमानलाई श्रध्दान्जली दिने क्रममा यो कुरा खुलासा गरेकी हुन ।
बेलायतको लीड्स निवासी केल्कलाई गत बर्षको मार्चमा कोभिड लागेको थियो र उनलाई सेन्टर लण्डन स्थित सेण्ट थोमस अस्पतालको सघन कक्षामा केन्द्रमा उपचार हुँदैथियो । उनले त्यहा अस्पतालमा एक बर्षभन्दा बढी समय बिताए । केल्कको श्रीमती सुको अनुसार शुक्रबार बिहान अक्सिजन दिने भेन्टिलेटर बन्द गरेर स्थानान्तरण गरेको डेढ घण्टामै केल्कको मृत्यु भयो । शुक्रबार दिउसो १२:४० बजे श्वास छोड्ने बेला श्रीमती केल्क, केल्कको आमाबुवा र दिदिबहिनीहरु उपस्थिती थिए ।
सधैं यस्तो स्थितिमा बाँच्न नचाहेको, केल्कले दुई हप्ता अगाडि नै थप उपचार नगर्ने सहासिक निर्णय गरेको थियो । प्राथमिक बिद्यालयको आइटी (प्रबिधी) शिक्षक निको हुने क्रममा पोहोर सालको अप्रिल महिनाको आखिरीतिर केल्कलाई ह्रिध्दयघात “ठुलो अबरोध” भएको थियो र उनी पहिलाको स्थितिमा फर्किन्छ भनी कसैले भन्न सकेको थिएन । आफु सन्चो नभएको र यस स्थितिमा बाँच्न नचाहेको कुरा केल्कले श्रीमती सुलाई बारम्बार सुनाइरहन्थ्यो । बारम्बर उसले मर्न चाहेको कुरा याचना गरेपछी श्रीमती सुले तपाईंले जे भन्नुहुन्छ मलाई केही अस्विकार हुन्न भने तर मैले उनलाई धेरैपटक उपचार स्थगित नगर्न अनुरोध गरेँ तर केल्क मान्नुभएन अन्तत मर्ने सहासिक निर्णय गर्नुभयो । उहाको यस निर्णयलाई म आदर गर्दछु किनभने उहाँलाई गार्हो भइरहेको थियो ।
स्रोत- स्काइन्युज