युरोकपमा इंग्ल्याण्ड र स्टकल्याण्डको गोलरहित बराबरी

जारी १६ औं संकरणको युरोकप फुटलबमा इंग्ल्याण्ड र स्कटल्याण्डले गाल रहित बराबरी खेलेको छ । वेम्बली स्टेडियममा शुक्रबार राती भएको खेलमा इंग्ल्याण्ड र स्टकल्याण्डले गोल रहित बराबरी खेलेको हो ।

समूह चरण अन्तर्गत दोस्रो खेलमा यि दुर्व टिमले गोल गर्नका लागि पाएका सुन्दर मौकाहरु गुमाउन पुगेको थियो । यस बराबरीसँगै समूह डी मा रहेको इंग्ल्याण्ड दुई खेलबाट ४ अंकसहित समूहको दोस्रो स्थानम रहेको छ ।

यता स्कटल्याण्ड भने १ अंकसहित समूहको पुछारमा रहेको छ ।

यस्तै शुक्रबार नै भएको सोहि समूहको अर्को खेलमा क्रोएशियासँग एक एक गोलको बराबरी खेलको चेक रिपब्लिकले पनि दुई खेलबाट ४ अंक जोडेको छ । रिपब्लिक समूहको शिर्ष स्थानमा रहँदा समान खेलबाट १ अंक जोडको क्रोएशिया तेस्रो स्थानमा रहेको छ ।