पत्रकार महासंघ यूके शाखाको अधक्ष्यमा ध्रुबराज अर्याल बिजयी
लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अधक्ष्यमा ध्रुबराज अर्याल बिजयी हुनुभएको छ । लण्डनबाट सन्चालन हुने न्युज पोर्टल (समाचार वेबसाइट) नेपाली लिन्कको सम्पादक तथा अन्नपूर्ण राष्ट्रिय दैनिकको बेलायत संवाददाता अर्यालले २६ मत ल्याइ बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी श्याम लुइटेल १६ भोट प्राप्त गर्नुभएको थियो । शाखाको जम्मा ४३ सदस्यहरुमध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका थिए, ति मध्य १ भोट बदर भएको थियो ।
वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार ३२ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जयभक्त कँडेलले १० मत मात्रै प्राप्त गरे । त्यस्तै महासचिवमा भने नरेन्द्रकुमार बस्नेत २७ मतसहित विजयी बनेका छन् । उनका प्रतिस्पर्धी जगनाथ कार्कीले १५ मत पाएको निर्वाचन समितिले जनाएको छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भइन् भने खुला उपाध्यक्षतर्फ शिव भण्डारी पनि निर्विरोध भएका छन् । यसै सचिव मञ्जु भण्डारी खरेल र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्विरोध भएका छन् ।
त्यस्तै सदस्यहरुमा गोमा राना, जयराम तामाङ, नगेन्द्रराज नेम्वाङ निर्विरोध निर्वाचित भएका छन् । तीन जना पछि मनोनयन गर्ने जनाइएको छ । कार्यसमिति चयनका लागि यसअघि रमेशसिङ सराङकोटीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिएको थियो । नब निर्बाचित कार्यसमितिलाई केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले शपथ खुवाएका थिए । शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।
प्राय पदहरु निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन भएको थियो । अध्यक्ष पदमा चारजनाले उम्मेद्वारी दिएपनि अन्तिम नामावलीमा भने वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइंटेलबीच प्रतिस्पर्धा भएको थियो । यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यसअघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन् । नब निर्बाचित अधक्ष्य अर्याल यूकेको नेपाली समुदय बिच मिलनसार, शालीन तथा निस्पक्ष पत्रकारको रुपमा चिनिन्छन । डेढ दशकअघि नेपालमा एबिसी टेलिभिजिनबाट पत्रकारिता शुरु गरेका उनी त्यसयता कयौं राष्ट्रिय मिडियाहरु समेतमा आबद्ध रहेर पत्रकारितामा निरन्तर सक्रिय छन् ।
आजै पत्रकार महासंघ यूके शाखाको पाँचौ महाधिबेसन पनि सम्पन्न भएको छ । पहिलो र दोश्रो गरी दुई सत्रमा कार्यक्रमहरु भएका थिए । पहिलो सत्र शाखाको पाँचौ महाधिबेसन जूम मार्फत भएको थियो भने दोस्रो सत्र प्रतक्ष्य रुपमा लण्डन साउथ ह्यारो स्थित गोल्डेन शिप नेपाली रेस्टुरेन्टमा निर्बाचन आयुक्तको उपस्थितिमा निर्वाचनको परिणाम र नब निर्बाचित पदाधिकारीहरुलाई सपथ खुवाउने र प्रमाण पत्र हस्तन्तरण कार्यक्रम भएको थियो । जुम मार्फत भएको पहिलो सत्रको महाधिबेसन पत्रकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता र महासचिव रोशन पुरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले अधिवेशन सफलताको शुभकामना र निर्विरोध निर्वाचित तथा चुनावबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिएका थिए । यसै उद्घाटन सत्रमा शाखाले बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।