तमु धिं यूकेले सहयोग गरेको २५ वटा अक्सिजन कन्सर्नट्रेटरहरु पोखरा पुग्यो
लण्डन । बेलायतमा गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो संस्था तमु धिं यूकेले नेपालको बर्तमान स्वास्थ्य संकटलाई मनन गर्दै सधैं जस्तो यस पटक पनि धेरै मात्रामा- २५ वटा अक्सिजन कन्सर्नट्रेटर गण्डकी प्रदेश (४ न प्रदेश) को पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुगीसकेको कुरा तमु धिं यूकेको अधक्ष्य हित काजी गुरुङ र तमु धिं यूकेको लागि नेपालको संयोजक मेजर रिटायार्ड लक्षमी प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनु भएको छ ।
प्राप्त जानकारी अनुसार २५ वटा अक्सिजन कन्सर्नट्रेटरहरु र अक्सिजन प्लान्ट स्थापनाको लागि थप रु १० लाख रुपैयाँ गण्डकी प्रदेशको मुख्य मन्त्री प्रिथ्बी सुब्बा गुरुङको उपस्थितीमा भोली जेष्ठ २९ गते शनिबार एक कार्यक्रम आयोजना गरी हस्तन्तरण गरिने कुरा नेपाल संयोजक मेजर रिटायार्ड लक्षमी प्रसाद गुरुङले खबर यूकेलाई अवगत गराउनुभयो । यसको लागि सबै कुरा तयारी भइरहेको कुरा उहाँले खबर यूकेलाई जानकारी गराउनुभयो ।
पोहोर साल कोरोना महामारी शुरु भएदेखी तमु धिं यूकेले आर्थिक सहयोग, पत्रकारहरुको बिमा र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराउदै निरन्तर सहयोग गर्दै आइराखेको छ । सायद एनआरएनए यूके पछी यूकेबाट नेपालमा यत्तीका धेरै अक्सिजन कन्सर्नट्रेटर र आर्थिक सहयोग गर्नेमा तमु धिं यूके पहिलो संस्था हो ।