सुपरिचित नर्स, कलाकार तथा मोडेल प्रसुनाले महिला उपाध्यक्ष उम्मेदवारी
लण्डन । बेलायतको नेपालीहरु माझ चर्चित नर्स, कलाकार तथा मोडल प्रसुना कंडेलले एनआरएनए यूकेको असन्न निर्वाचनमा महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष एवं एनआरएनए यूकेको बर्तमान महिला संयोजक रहेकी कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन महिला उपाध्यक्षको लागि उम्मेद्वारी दिएको कुरा जानकारी गराइन् ।
बर्तमान महिला संयोजक भएर काम गर्दाको अनुभब, ब्यक्तिगत ज्ञान र सीपलाई उपयोग गर्दै अहिलेको भन्दा माथिल्लो पदमा रहेरा काम गर्ने इछ्या भएकोले उम्मेदवार दिएको कुरा बताइन । म आँफै थुप्रै क्षेत्रहरुसँग सम्बन्धन भएकोले एनआरएनए मार्फत ती क्षेत्रहरुको बिकास र संरक्षणमा आफुले सकेको पहल गर्ने कुरा उनले बताइन् । बिशेष गरेर महिला सशक्तीकरण, स्वास्थ्य तथा कला क्षेत्रको चौतर्फी बिकास र सम्बर्ध्दनमा सकेको पहल गर्ने प्रसुनाको उध्देश्य रहेको छ ।
सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आएकी प्रसुनाको नर्सिङ (क्रिटिकल केयर आउटरिच स्पेशलिष्ट नर्स) मुख्य पेशा हो भने उनी बिभिन्न च्यारिटी कार्यहरु, मोडलिङ र अभिनयमा संलग्न हुँदै आइरहेकी छिन् । पहिल्यैदेखी निस्वार्थ समाजसेवा गर्दै आइरहेको छु, निर्वाचित हुने पदाधिकारीहरुसँग सहकार्य गर्दै सामाजिक रुपान्तरणको निम्ती सक्रिय रहने उनले प्रतिबद्धता जनाइन् ।
रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि समेत रहेकी प्रसुनाले यूनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा स्नातकोत्तर गरेकी छिन् । हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेप्लिज वुमन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छिन् । प्रसुना एनआरएनए यूके ग्लोबल हेल्थ कम्युनिटीको नर्सिङ कमिटिको उपाध्यक्ष समेत हुन् ।
विश्वव्यापी फैलिएको कोभिडको समयमा आईसीयूमा बिरामीको सेवा गरिरहेकी प्रसुन्नले सामाजिक सञ्जाल मार्फत पनि कोभिड सम्बन्धी सचेतना चलाउँदै आएकी छिन् । महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी नेपालको धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् । उक्त टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचार गरेको थियो ।
प्रसुनाले बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि अर्थ संकलन पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोष स्थापना गर्ने मध्ये एकजना संयोजक हुन उनी । प्रसुनाले माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।
एनआरएनए यूकेको नारी दिवस कार्यक्रममा पनि उनको निरन्तर संलग्नता र योगदान रहंदै आएको छ । संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप, अनुभव र समय खर्चिदै आएकी छिन् । नर्सिङ तथा स्वास्थ्य क्षेत्रका थुप्रैसंघसंस्थाहरुमा आवद्ध रहेकी उनले बेलायतमा रहेका नेपालीहरुको स्वास्थ्यको निम्ती थुप्रै कामहरु गरेकी छिन् । बेलायतस्थित स्वास्थ्य क्षेत्रका बिज्ञहरुलाई समेत समावेश गराइ उनीहरुको दक्षता नेपालमा प्रयोग गर्ने एवं नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने पनि प्रसुनाले बताइन् । स्वास्थ्यकर्मीहरुलाई समावेशी गराएर बेलायतको नेपाली समुदयको लागि र नेपालमा पनि स्वास्थ्य क्षेत्रको सकेको काम गर्ने उनको एजेन्डा रहेका छन । त्यस्तै उनले विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै देश संस्कृति, कला साहित्य, स्वास्थ्य, महिला, युवा र अग्रजहरु तथा समाजको विकासको निम्ती काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
पुरानो ठेगाना नेपाल धादिङ भइ हाल लन्डन निवासी प्रसुना सामाजिक सेवा सँगसँगै फिचर फिल्म, म्यूजिक भिडियो, सर्ट मुभिज, विभिन्न म्यागेजिन तथा रयाम्पमा समेत मोडलिङ गर्छिन् । उनले कयौं अवार्ड पनि पाएकी छन् । कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारी आफ्नो मुलमन्त्र र सफलताको कारक मान्छिन् उनी ।
प्रसुनाको छोटो परिचय