
गण्डकीका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्चको आदेश
काठमाडौँ । पार्टीको कारबाहीपछि सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले यस्तो आदेश दिएको हो । थापालाई जनमोर्चाले सांसद पद तथा पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनी सर्वोच्च गएका थिए ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय विपरीत गएपछि थापा कारबाहीमा परेका थिए । पहिले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने बताउँदै आएका थापा पछि एकाएक गुरुङकै पक्षमा खुलेर समर्थनमा उत्रिएका थिए ।


पुनर्वहाली भएपछि कृष्ण थापा भन्छन् : मलाई हराउने योजना बनाएका थिए पुरा हुन सकेन
त्यस्तै पार्टीको कारबाहीपछि पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा रिट लिएर सर्बोच्च अदालत पुगे । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सबैबाट हटाएपछि उनी सर्बोच्च पुगेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय उनले नमानेपछि उनलाई कारबाही गरिएको थियो ।
तर, आज सर्बोच्च अदालतले उनलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ । अदालतले पुनर्वहाली गर्ने आदेश दिएपछि इकागजले उनै थापासँग संक्षिप्त प्रतिक्रिया लिएको छ । उनले कम्युनिष्ट एकता हुनुपर्छ भन्दै आएकोले कांग्रेसलाई सहयोग नगरेको पुन दोहोर्याए ।
उनले गलत मनसाय बोकेकाहरुले हराउने योजना बनाए पनि पुरा हुन नसकेको प्रक्रिया दिए । ‘कम्युनिस्टहरुको एकता हुनुपर्छ भन्दै आएको छु । मलाई गलत मनसाय बोकेको गठजोडले हराउने योजना बनाए पनि पुरा हुन सकेन,’ उनले भने, ‘गण्डकीलाई विघटनको बाटोमा जान दिनु हुँदैन । विघटनमा जान नदिने मेरो भुमिका हुन्छ ।’
उनले आफूलाई निर्दलीय व्यवस्था जस्तो गरेर हटाएको भन्दै आपत्ति पनि जनाए । ‘लोकतन्त्रमा निर्दलीय व्यवस्था जस्तो गरेर हटाए,’ उनले भने, ‘साना दलले अहिले विवेक देखाएर स्टेप लिनुपर्छ होइन भने प्रदेश विघटन हुन सक्ने अवस्था आउँछ ।’
स्रोत- इकागज



