प्रधानमन्त्री ओलीले बेलायत सरकारलाई खोप लगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुहुन अनुरोध

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलिले नेपालमा हाल बिद्यामान स्वास्थ्य संकटलाई मध्यनजर गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र बेलायत सरकारलाई सहयोगको लागि अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्य बिच ज्यादै पुरानो तथा लामो एतिहासिक सम्बन्ध रहेको र बेलायती सेनामा नेपालीहरुले पुर्याएको योगदानलाई आधार मान्ने हो भने नेपाललाई सहयोग गर्नुपर्ने बेलायत सरकारको पनि दयित्व हो भनी मध्दत गर्नुहुन अनुरोध गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य बिपत पार गर्न अरु छिमेकी राष्ट्रहरुसँग पनि सहयोगको लागि अनुरोध गरेको छ । छिमेकी राष्ट्रहरु र अन्य देशहरुबाट सहयोग प्राप्त भइरहेको भए नि अपुग भएकोले थप सहयोग गर्नुहुन अपिल गर्नुभएको छ । गत हप्त राष्ट्रपती बिद्यादेबी भण्डारीले बेलायती महारानी समक्ष मध्दतको लागि पत्रचार गर्नुभएको थियो ।

नेपालको हालको स्वास्थ्य संकटलाई मनन गर्दै अरु थुप्रै देशहरुले आवश्यक स्वास्थ्य सामग्रीहरु र स्वास्थ्य सुरक्षा सामग्रीहरु पठाइरहेका छन । बेलायत सरकारले गत हप्ता जहाज चार्टर गरेर अतिआवष्यक स्वास्थ्य सामग्रीहरु पठाएको थियो । त्यस्तै एनआरएनए यूके देखी बेलायत स्थित बिभिन्न नेपाली संघसंस्थाहरुले नेपाललाई अधिकतम मध्दत गरिरहेका छन ।