वार्ताको नाटक बन्द गरौँ भन्‍दै माधव र खनालसहित चार नेताले ओलीलाई पठाएको पत्र

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका चार नेताले पार्टी एकताको बाहना देखाएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको नाटक बन्द गर्न माग गरेका छन् । अहिले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन ओलीले कार्यदल बनाएर वार्ताको नाटक गरिरहेको चार नेताको दाबी छ ।

पार्टी एकताका लागि जेठ २ को सहमतिमा फर्किन नसक्ने तर सत्ता बचाउन कार्यदल बनाएर वार्ताको नाटक मात्रै ओलीले गरेको नेताहरुको भनाइ छ । कार्यदलले काम गर्न नसक्ने र समय लम्ब्याउने मात्रै काम भएको पनि उनीहरुको टिप्पणी छ ।

एमालेका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले नेपाल र खनाललाई पत्र लेखेका हुन् ।