अन्तत: कोपा अमेरिका कप ब्राजिलले आयोजना गर्ने

दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरीका अन्तत: ब्राजिलमा हुने भएको छ । प्रतियोगिता सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहेका बेला अर्जेन्टिनामा कोभिडका कारण नहुने भएपछि केहि घण्टाका लागि अन्योल सिर्जना भएको थियो । तर अन्तिममा दक्षिण अमेरीकी फुटबल महासंघले ब्राजिलमा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

राजनितीक आन्दोलन बढेपछि कोलम्बियाले कोपा अमेरीकाको सहआयोजकबाट नाम फिर्ता लिएको थियो । जुन १३ बाट सुरु हुने प्रतियोगिता कति रंगशालामा खेलाउने भन्ने बारेमा भने कुनै निर्णय गरिएको छैन । कोरोनाले धेरै प्रभावित हुने देशको सूचीमा ब्राजिलपनि पर्छ । अझैपनि ब्राजिलमा संक्रमितको संख्या नियन्त्रण हुन सकेको छैन ।

यस्तैमा कोपा अमेरीका गर्ने निर्णयले केहि आश्चार्यमा पारेको छ । ब्राजिलमा मात्र कोरोनाका कारण चार लाख ६० हजार जनाको मृत्यु भएको थियो । जुन विश्वमा धेरै मानिसले ज्यान गुमाउने देशमा शिर्ष स्थानमा छ । सन् २०१९ मा भएको अघिल्लो संस्करणको उपाधि ब्राजिलले जितेको थियो ।