यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै
काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेस गरेका थिए। कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।
त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेका हुन् ।