सिटी छोडेका सर्जियो अगुइरो बार्सिलोना पुगे

बार्सिलोनासँग आबद्ध हुने निक्कै नजिक रहेका सर्जियो अगुइरो बार्सिलोना पुगेका छन् । लामो समयदेखि बार्सिलोनामा आबद्ध हुने चर्चाका बिच अगुइरो आइतबार क्याटलान सिटी बार्सिलोना पुगेका हुन् । २०२०–२१ को सिजनको अन्त्यसँगै अगुइरोको म्यान्चेस्टर सिटीसँग एक दशभन्दा लामो आबद्धता सक्किएसँगै उनी बार्सिलानाबाट खेल्ने तयारीमा रहेका छन् ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार सोमबार अगुइरोको बार्सिेलोनामा मेडिकल परिक्षण हुनेछ । मेडिकल परिक्षणमा पास भएमा अगुइरोको बार्सिलोनासँगको सम्झौता अघि बढ्नेछ । बार्सिेलनासँगको सम्पूर्ण प्रक्रिया पुरा भएपछि अगुइरो पुनः विश्वकप छनौट र त्यसपछि हुने कोपा अमेरिकाको तयारीका निम्ति अर्जेन्टिना प्रस्थान गर्नेछन् ।

यससँगै अगुइरोले आधिकारिक रुपमा नै एक दशकभन्दा लामो इङ्गल्याण्ड बसाइ टुङ्गयाउने छन् । उनी स्पेन फर्कनेछन् जहाँ उनले एट्लेटिको मड्रिडका लागि सन् २००६ देखि २०११ सम्म बिताएका थिए । उनले त्यहाँबाट २३४ खेल खेल्दै १०२ गोल गरेका थिए ।

३४ वर्षिय अगुइरो सन् २०११ मा एट्लेटिकोबाट ४० मिलियन युरोमा इङ्गलिश क्लब म्यान्चेस्टर सिटी स्थानान्तरण भएका थिए । उनले यस सिजन सिटीका लागि जम्मा १२ खेल खेल्दै ४ गोल गरेका थिए ।

अगुइरोलाई ग्वार्डियोलाले नचाहेको आफन्तको आरोप

एक दशक म्यानचेस्टर सिटीमा विताएका अर्जेन्टिनी स्टार सर्जियो अगुइरोको टिमका लागि अन्तिम खेल भने सुखद रहन सकेन । सिटीबाट अन्तिम खेलका रुपमा रहेको च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग एक शुन्यले पराजित भएपछि अगुइरोको विदाई केहि खल्लो रह्यो ।

प्रिमियर लिगमा सिटीका लागि सर्वाधिक गोलकर्ता अगुइरो अब बार्सिलोनामा जानेछन । तर अगुइरोका परिवारका एक सदस्यले भने सोसियल मिडियामा सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाको निकै आलोचना गरेका छन । अगुइरोका आफन्त पर्ने माउरिसीयो डेल कास्टिलोले पेप ग्वार्डियोलाले उनलाई कहिलेपनि पहिलो प्राथमिकतामा नराखेको बतँए । कास्टिलोले ग्वार्डियोला सिटीको प्रशिक्षक भएर आएपछि अगुइरोलाई कहिलेपनि नचाहेको भन्दै आरोप लगाएका थिए । तर पछि उनले गरेका सो ट्विटलाई हटाएका थिए ।

अगुइरोले प्रिमियर लिगको उपाधिको सेलिब्रेसनमा अगुइरोको विकल्प नभएको भन्दै भावुक भएका थिए । तर यो सिजनमा उनले अगुइरोलाई निकै कम खेलमा सुरुवाती ११ मा राखेका थिए ।