आजलाई सारीएको एमाले स्थायी समितिको बैठक फेरि स्थगित

काठमाडौँ । आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । बैठकले स्पष्टीकरणमा परेका एमालेका १२ जना नेतालाई कारबाही गर्ने तयारी गरेको छ । यसअघि एमालेका माधव कुमार नेपाललगायत ११ जनालाई एमालेले निष्काशन गरिसकेको छ ।