लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव शुरू भएको छ । दाङमा भएको निर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरे । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तफ{बाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् ।

कांग्रेसको तफ{बाट उम्मेदवार बनेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाको समर्थन छ । खड्कालाई जसपा महन्त ठाकुर पक्षको समर्थन छ । ३०० जना मतदाता रहेको निर्वाचन दिउसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिए ।

खड्का एमाले प्रवेश गरेपछि उनको पद माओवादी केन्द्रले कारवाही गरेपछि खारेज हुँदा उपचुनाव हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हुन्छ । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय प्रमुख र उपप्रमुख र लुम्बिनी प्रदेशसभाका ८३ सांसद छन । पाण्डे कपिलवस्तुका र खड्का अर्घाखाँचीका हुन् ।