गोरखाली समाज यूकेले गोरखामा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराए
लण्डन । गोरखाली समाज यूकेको उपाधक्ष्य तथा सकृया युवा समाजसेवी हेम गुरुङको संयोजनमा गोरखाली समाज यूकेले गोरखा बजारको गोरखा बजार अस्पताल र गोरखाको बारपार्क सुलिकोट गाउँ पालिकामा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराएको कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । नेपालको बर्तमान स्वास्थ्य संकट कोरोना महामारीलाई मध्य नजर गर्दै यस्तै दु:ख र आपतको बेला सहयोग गर्नु नै समाज र नागरिकको प्रमुख दायित्व हो भनी गत मे १६ तारिख २०२१ साल आईतवारको दिन समाजको अधक्ष्य कर्ण दर्लामी, महासचिब अशोक ढकाल र समाजको अन्य सदस्यहरुको उपस्थितिमा गोरखाली समाज यूकेले जूम मार्फत भर्चुल बैठक बसी अक्सिजन कन्सर्नट्रेटर सहयोग गर्ने निर्णय गरेको थियो ।
बैठकमा छलफल र निर्णय भए अनुसार गोरखा जिल्लाको अत्याबश्यक स्थान र अस्पतालमा सहयोग गर्नको लागि बैठक बसेकै दिनदेखि आर्थिक सहयोग रकम सन्कलन गरेको थियो र उठेको रकमले गोरखा बजारमा रहेको गोरखा बजार आस्पातल र गोरखाको बारपार्क सुलिकोट गाउँ पालिकाको स्वास्थ्य चौकीमा अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराउने निर्णय गरेको थियो । सहयोग रकमबाट किनेको अक्सिजन कन्सर्नट्रेटर गोरखाली समाज यूकेको अर्को सकृया युवा सदस्य तथा मिस यूके नेपाल २०११, नायिका तथा कलाकार गौ माया गुरुङले गोरखा बजार आस्पतलको म्यानेजर लीपासा श्रेष्ठ बारपार्क सुलिकोट गाउपालिकाको अधक्ष्य बिष्णु प्रसाद भट्टलाई हस्तन्तरण गरिसकेको कुरा संयोजक हेम गुरुङले खबर यूकेलाई अबगत गराउनु भयो ।
गुरुङको अनुसार गोरखाली समाज यूकेले आर्थिक सहयोग रकम सन्कलन कार्य जारी नै रहेको र उठेको रकमले भबिष्यमा गोरखा जिल्लामा आवश्यकता अनुसार स्वास्थ्य सम्माग्रीहरु सहयोग गरिने कुरा बताउनु भयो । २००२ मा बिधिवत स्थापना भएको गोरखाली समाज यूकेले यस्तै दु:ख परेको बेला र दु:खमा परेकाहरुलाई सहयोग (परोपाकरी काम) गर्दै आइरहेको छ ।