फ्रेन्च ओपन टेनिस २०२१को तालिका सार्वजनिक

फ्रेन्च ओपन ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । डिफेण्डिङ च्याम्पियन राफेल नडाल र नोवाक जोकोविच एउटै समुहमा परेका छन् । दुबै जनाले प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाए सेमीफाइनलमै एक अर्कालाई भेट्ने छन् ।

किर्तीमानी १३ पटक फ्रेन्च ओपन जितेका नडालले प्रतियोगितामा तेस्रो सीड प्राप्त गरेका छन् भने उनी अघी जोकोविच र डेनिल मेदवेदेव रहेका छन् । यस पटकको फ्रेन्च ओपन ग्राण्ड स्ल्याम टेनिस मे ३० मा शुरु भई जुन ३० मा समाप्त हुने छ ।