बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ पुग्यो (भिडियोसहित)
काठमाडौँ । बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ पुगेको छ । एक विशेष कार्गो विमानमार्फत ती स्वास्थ्य सामग्री पुर्याइएको हो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यसको जानकारी दिँदै ट्विटरमा भिडियो समेत अपलोड गरेकी छिन् । भिडियोमा बोल्दै उनले महामारीको यो कठिन घडीमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छिन् ।
उनका अनुसार बेलायतले दिएकाे २६० वटा भेन्टिलेटर र त्यसका लागि आवश्यक पर्ने अन्य उपकरण, सामग्री, मास्क, फेस शिल्ड लगायत सामग्री काठमाडौँ आइपुगेका हुन् । सहयोगगका लागि नेपालले अनुरोध गरेपछि बेलायत सरकारले अनुदानमा ती सामग्री दिएको हो ।