सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएको छ । सिपिएलले सामाजिक सञ्जालमार्फत् सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागोबाट खेल्ने जानकारी दिएको हो । किरोन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत संस्करणको सिपिएलमा अपराजित रहँदै उपाधि जितेको थियो ।

गत वर्ष जमैका तालावाजबाट प्रतियोगिता खेलेका सन्दीपले ११ खेलबाट १२ विकेट लिएका थिए । जमैकाले सन्दीपलाई रिलिज गरेसँगै ट्रिनबागोले अनुबन्धन गरेको हो । यो वर्षको सिपिएल २८ अगष्टदेखि १९ सेप्टेम्बरसम्म हुनेछ ।