सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा र डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुखमा नियुक्त
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा सरकारले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
नेपाली सेना र माओवादी लडाकुको समायोजनका लागि बनेको विशेष समितिको संयोजकका रुपमा काम गरेका पूर्वरथी शर्मालाई सरकारले सीसीएमसीको जिम्मा दिएको हो । शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्ने छन् । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।
त्यस्तै कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले साेमबार वीरमा नियुक्त गरेकाे हाे । गाैतमले मंगलबारदेखि वीरमा कार्यभार सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि डा. गाैतमले पराेपकार प्रसुति गृहकाे निर्देशकको रूपमा ७ वर्ष जिम्मेवारी सम्हालेका थिए ।
डाक्टर गौतम निजामती सेवामा एघारौ तहको स्वास्थ्य चिकित्सक हुनुहुन्छ ।