चार भन्ज्याङ्ग तमु समाज यूकेको च्यारिटी डीनर कार्यक्रम सम्पन्न

बिशेष गरेर स्वास्थ्य (टेलि मेडिसीन) र शिक्षामा सहयोग गर्दै आइरहेको बेलायतको परोपकारी संस्था चार भन्ज्याङ्ग तमु समाज यूकेले बर्षिनी आयोजन गर्दै आइरहेको परोपकारी रात्रीभोज (च्यारीटी डीनर नाइट) कार्यक्रम यस बर्ष कोभिड महामारीको कारण भर्च्युल्ली जुम मार्फत हिजो मिति मे २२ तारिख २०२१ साल शनिबार बेलुका सम्पन्न गरेको छ । चार भन्ज्याङ्ग तमु समाज यूकेको भुतपुर्ब अध्यक्ष तथा क्वोंने (घोताने/घोण्डे) गुरुङ्ग (तमु) समाज यूकेको अध्यक्ष अ.लेउटिनेन्ट चन्द्र गुरुङ्ग अनुसार पर्बत चार भन्ज्याङ्ग वरपर मातृभुमी घर भइ संसारभर छरिएर रहेका चार भन्ज्याङ्गका सदस्यहरु बिच सौहार्दपुर्बक हिजोको भर्च्युल कार्यक्रम सम्पन्न भयो । पहिलाको बर्षहरुमा झै यसपालि पनि विभिन्न परोपकारी कार्यको लागि £5,942/- (पाँच हाजर नौ सय बयालिस यूके पाउण्ड) HK$500/- (पाँच सय हङ्गकङ डलर) र रु.६०,०००/- (नेपाली अक्षरुपी साठी हाजर रुपियाँ) चन्दा उठाउन सफल भएको कुरा खबर यूकेलाई जानकारी गराउनुभयो ।

त्यस्तै समाजको पुर्ब अध्यक्ष अ.लेउटिनेन्ट चन्द्र गुरुङ्ग र श्रीमती बिमला गुरुङ्गले (श्रीमान श्रीमतीले) चार भन्ज्याङ्ग स्थित लुन्खु स्वास्थ्य चौकीको लागि रु.१,१५,०००/- (अक्षरुपी एक लाख पन्ध्र हाजर रुपियाँ) बराबरको अक्सिजन कन्सनट्रेटर मेसिन किन्न आर्थिक सहयोग (चन्दा) दिने घोषणा वा प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा समाजको अधक्ष्य मदन बहादुर गुरुङ्गले यस बर्ष चार भन्ज्याङ्ग तमु समाजले गरेका विभिन्न परोपकारी कार्यहरु वा गतिविधिहरुबारे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेपालबाट रोशन गुरुङ्ग तथा चार भन्ज्याङ्ग स्वास्थ्य चौकीको प्रबन्धक तथा हाकिम प्रार्थना पुनले चार भन्ज्याङ्ग क्षेत्रमा कोभिड तथा अन्य स्वास्थ्य स्थितिबारे उपस्थित सबैलाई जानकारी गराउनुभएको थियो ।

बिगत तेह्र बर्षदेखि चार भन्ज्याङ्ग तमु समाज यूकेले प्रतक्ष्य अनि भौतिक रुपमा यस किसिमको परोपकारी रात्रीभोज कार्यक्रम आयोजन गर्दै आइरहेको छ तर यस बर्ष भने कोभिड महामारीको कारण भौतिक रुपमा जमघट भएर कार्यक्रम गर्न सकिएन वा मिलेन । प्रत्येक बर्ष परोपकारी रात्रीभोज कार्यक्रमा धेरै मात्रमा चन्दा उठने गर्दछ र यस बर्ष पनि त्यो क्रम जारी नै रहयो । चन्दा प्रदान गर्नुहुने सम्पुर्ण धन र मनका धनी चन्दादाताहरुलाई अध्यक्ष मदन गुरुङ्गले धन्यबाद दिनुुभयो । कार्यक्रममा विभिन्न देशका चार भन्ज्याङ्ग तमु समाज अध्यक्षहरु, पदाधिकारीहरु र अन्य सदस्यहरु सहभागी हुनुहुन्थ्यो र एक अर्काविच शुभकामाना आदन प्रदान गर्नुभयो ।

बिगतमा कार्यक्रमको लागि बाहिरबाट अतिथिहरु बोलाउने गरे ता पनि यसपटक कोभिडको कारण बृहत रुपमा मानिसहरुलाई आमन्त्रण गर्न सकिएन तर पनि कार्यक्रम माननिय लर्ड स्विनफेनको प्रतिनितिधित्व गर्दै उहाँको सुपुत्री क्याथरिन डेभिस प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । स्मरण रहोस् यीनै माननीय लर्ड स्विनफेन र अन्य विभिन्न व्यक्तित्वहरुको संयुक्त पहलमा बेलायतको परराष्ट्र अफिस मार्फत उपल्लो संसद- हाउस अफ लर्डमा गत हप्ता नेपालको हालको स्वास्थ्य संकटको बेला के कसरी सहयोग गर्न सकिन्छ भनि छलफल वा बहस भएको थियो ।

कार्यक्रममा चार भन्ज्याङ्ग तमु समाज यूकेको संस्थापक अधक्ष्य नारायण गुरुङ बिइयम, चार भन्ज्याङ्ग तमु समाज काठमाडौंको अध्यक्ष नारायण सिङ गुरुङ, चार भन्ज्याङ्ग तमु समाज हङ्गकङको अधक्ष्य तारा गुरुङ, चार भन्ज्याङ्ग तमु समाज यूकेको आमा समुहको प्रमुख श्रीमती बिमला गुरुङ्ग, बेल्जियमबाट नेपाली समाज बेल्जियमको अधक्ष्य श्रीमती नन्द कुमारी गुरुङ, तमु धि यूकेको पुर्ब अध्यक्ष ज्ञाम गुरुङ्ग, समाजको बरिष्ठ सल्लाहकार मेजर कृष्ण गुरुङ, सल्लाहकार शन्ती गुरुङ, लामा गुरुहरु द्वय- पार्सिङ गुरुङ र गुरु बेल बहादुर गुरुङ, आमा समुहको सचिब सुप्रिया गुरुङ, सञ्जिवनी नेपालको अधक्ष्य बिना गुरुङ, समाजसेवी तथा बरिष्ठ व्यक्तित्वहरु- जित बहादुर गुरुङ, दुर्गा गुरुङ, मेजर यूघ बडेल, जगत गुरुङ, धन बहादुर गुरुङ, बिष्णु गुरुङ, शान्ता गुरुङ, गम्बरसिङ गुरुङ, तारा गुरुङ, चन्द्रा गुरुङ, नमिता गुरुङ, श्रीमती बिष्णु गुरुङ लगायतका ब्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको सभापतित्व अध्यक्ष मदन गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको संयोजन समाजको कार्यक्रम संयोजक तथा भुपु कोषाध्यक्ष बेनकुमार गुरुङ्गले गर्नुभएको थियो । त्यस्तै प्रबिधिमा तमु धि यूकेको बरिष्ठ उपाध्यक्ष हरि गुरुङ्गले सहयोग गर्नुभएको थियो भने समाजको महासचिब युवान गुरुङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो । यस बर्ष कोभिडको कारण समाजले बरिष्ठ सदस्यहरु गुमाउनु परेको हुँदा रमाइलो भन्दा पनि दुख मनाउ गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।