ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिकरुपमा विघटनमा गएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेस गरेको दाबीमा आधार नपुगेको जनाएको छ । धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधिसभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।