१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका दाबी लागि प्रतिपक्षी दलका नेताहरु शीतल निवास पुगेका छन् । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि प्रतिपक्षी दलका नेताहरु सांसदहरुको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् ।

उनीहरु १ सय ४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् । सिंहदरबारबाट बाहिरिँदा नेताहरुले कुनै पनि प्रतिक्रिया नदिएको भएतापनि बैठकले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको छ ।

विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतल निवास

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो । तर उनीहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । १० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।